भूकम्पपीडितलाई अवास निर्माण अनुदान कार्यक्रम : दुई पटक स्थगित, तेस्रो पटक पनि अन्यौल
काठमाडौं – पुनर्निर्माण प्राधिकरणले भूकम्पपिडितको आवास पुनर्निर्माणका लागि पहिलो किस्ताबापतको रकम आइतबार दोलखाको सिगंटीदेखि वितरण शुरु गर्ने भने पनि तयारीमा अझै आन्योलता देखिएको छ । प्राधिकरणले दुई पटक सिँगटीमा अनुदान वितरण गर्ने मिति घोषणा गरेर गत फागुन १२ र २० मा प्राविधिक जटिलता भएको भन्दै अन्तिम समयमा आएर स्थगित गरेको थियो । पुनर्निर्माण प्राधिकरणका प्रवक्ताका सुरेश अधिकारीका अनुसार अस्थायी आवासका लागी उपलब्ध गराइने पहिलो किस्ता बापतको चेक बेलायती सहयोग नियोग (डिफिड) अन्तर्गत संरक्षक नामक संस्थाले आजसम्म उपलब्ध नगराएकोले आइतबार हुने भनिएको कार्यक्रम अझै अन्योलमा भएको उनले बताए । उक्त संस्थाका प्रतिनीधिहरु भोलीसम्ममा गएर काम थालेमा मात्रै आईतबार कार्यक्रम हुने अनेथा सोमबार मात्रै काम सुरु हुने अधिकारीले बताए । सरकारले उपलब्ध भूकम्प पीडितहरुका लागी अस्थायी आवासका लागी पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ चेक हस्तान्तरण गर्दै आईतबार दोलखाको सिगंटीबाट पुर्ननिर्माण महाअभियानको पहिलो चरणको सुरुवात गर्न लागेको छ । भूकम्पपछि सरकारले गठन गरेको पुनर्निर्माण प्राधिकरणले औपचारीक रुपमा काम थालेको तीन महिनापछि आवास निर्माण वापतको पहिलो किस्ता भूकम्प पीडितहरुलाई दिन लागेको हो । प्राधिकरणले पूर्णरूपमा घर क्षति भएकालाई पहिलो किस्ताअन्तर्गत ५० हजार रुपैयाँ वितरण गर्नेछ ।
प्राधिकरण प्रवक्ता अधिकारीका अनुसार भूकम्प सर्वेक्षण सकिएका ठाउँमा अनुदान वितरण थाल्ने र मापदण्डअनुसार दोलखाको सिँगटीबाट पहिलो किस्ता अनुदान वितरण सुरु गरिने जानकारी दिए । रकम वितरणका लागि स्थानीय विकास मन्त्रालयबाट निकासा गरिएको २६ करोड रुपैयाँ जिविस दोलखाको खातामा जम्मा भईसकेकोे बताए । अर्थ मन्त्रालयले दुई साताअघि उक्त रकम निकासा गराएको थियो । घर पूर्ण क्षति भएका परिवारलाई अनुदान उपलब्ध गराउन ६५ अर्ब रुपैयाँ सरकारले प्राधिकरणलाई निकासा गराइसकेको छ ।
भूकम्प पीडितलाई चेक हस्तान्तरणअघि भूकम्पपीडितको नेपाल इन्भेष्मेन्ट बैंक र राष्ट्रिय वाणिज्य बैकमा खाता खोल्ने काम जारी छ । ‘सोही रकमभित्रबाट स्थानीय विकास मन्त्रालयलाई शुक्रबार विहान निकासा गराई सकेको हो,’ अधिकारीले भने, ‘भूकम्पबाट तहसनहस भएको दोलखाकाको सिँगटीे पाइलट प्रोजेक्ट सुरु गर्ने छौं । दोलखाका सबै ठाउँमा सर्भे भइसकेका अन्य स्थानमा समेत अनुदान वितरण सुरु तयारीमा जुटेका छौं ।’ केन्द्रीय तथ्यांक विभागले उपलब्ध गराएको तथ्यांक अनुसार दोलखाको सभेर्को काम भइसकेको उनले बताए । विपतपछिको आवश्यक आंकलन (पीडीएनए) अनुसार भूकम्पले ४ लाख ९८ हजार ८ सय ५२ निजी घर पूर्ण रूपमा ध्वस्त भएका भएको तीमध्ये ३ लाख १२ हजार ५ सय २९ घरको सर्वेक्षण गत महिना नै विभागले जनाएको छ । केन्द्रीय तथ्यांक विभागले सर्भे नभएका घरलाई अनुदान अन्तर्गतको रकम दिन नमिल्ने व्यवस्था गरेको छ । दातृ निकायसँगको प्रतिबद्धताका आधारमा उक्त सर्वेक्षण अनिवार्य गर्नुपर्ने हुन्छ । ११ जिल्लामा हाल एक हजार ४ सय इन्जिनियर परिचालित भइ सर्भेको काम भईरहेको छ । प्राविधिकले चेकजाँच गरेपछि मात्रै दोस्रो पहिलो किस्ताबाट घरको जग निर्माण सकेपश्चात् प्राधिकरणले तोकिएका प्राविधिकले चेकजाँच गरेपछि दोस्रो किस्ता रकम ४० प्रतिशत अर्थात् ८० हजार रुपैयाँ पाइनेछ । छाना छाउनु अगाडिको तहसम्मको काम सकिएपछि तेस्रो एवं अन्तिम किस्ता ७० हजार रुपैयाँ पाइनेछ । भूकम्प पिडितलाई सहुलियत ऋण सरकारबाट पाउने अनुदानबाहेक सरकारले भूकम्पबाट पूर्ण रूपमा क्षति भएको घर निर्माणका लागि सहरमा २५ लाख र ग्रामीण भेगमा १५ लाख रुपैयाँ ऋण उपलब्ध गराउने निर्णय सकेको छ । सामूहिक जमानीमा थप ३ लाख रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध समेत निर्णय सरकारले गरिसेको छ । यद्धपी सबै सुविधा लिनुपूर्व विस्तृत सर्भेको काम भईसकेको हुनुपर्नेछ । केन्द्रद्रीय तथ्यांक विभागले सर्वेक्षण सकिएपछि प्राधिकरणले स्रोत केन्द्र स्थापना गरी सरकारी सुविधा उपलब्ध गराउने व्यावस्था गरेको छ ।
फोटोः http://cdn.ipsnews.net/खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण