शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

रुपन्देहीको आगामी बजेट ५ अर्बभन्दा बढी

शुक्रबार, २८ फागुन २०७२, १८ : ४६
शुक्रबार, २८ फागुन २०७२

भैरहवा - जिल्ला बिकास समितिको कार्यालय रुपन्देहीले आगमी आर्थिक बर्ष २०७३÷०७४ को लागी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आगामी बर्षको लागी परिषदले ५ अर्ब २४ करोड १६ लाख, २६ हजारको अनुमानित आय ब्यय सार्वजनिक समेत गरेको छ । कुल बजेट मध्ये ५८ प्रतिशत रकम अर्थात ३ अर्ब ५ करोड, २६ लाख ६७ हजार जिल्ला बिकास समितिले चालु खर्च तर्फ छुट्टयाएको छ । भने बाकी ४२ प्रतिशत अर्थात २ अर्ब १८ करोड ८९ लाख ५९ हजार रुपैया पूंजीगत खर्च तर्फ छुट्टयाएको रुपन्देहीका स्थानिय बिकास अधिकारी युवराज सुवेदीले बताए । यी रकममा राष्ट्रिय गौरवका आयोजनामा परेका गौतम बुद्ध अन्तराष्ट्रिय बिमानास्थल, लुम्बिनी बिकास कोष र बुटवल–बेलहिया ६ लेनको सडकको बजेट यस बजेटमा समावेश नगरिएको स्थानिय बिकास अधिकारी सुवेदीले जानकारी दिए । परिषदको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा बाणिज्य मन्त्री एवम रुपन्देही क्षेत्र नम्बर २ का सांसद दिपक बोहोराले रुपन्देहीको उत्तरी भाग भन्दा पनि दक्षिणी भागलाई समेट्न आग्रह गरे । रुपन्देहीको दक्षिणी भागमा जनचेतना तथा श्रोतमा समेत दयनिय अवश्थामा रहेको हुदा यस क्षेत्रमा ६०÷४० जस्ता जनसहभागीता मूलक कार्यक्रम नभई पूर्णतया निशुल्क रुपमा हुने कार्यक्रमबारे समेत बजेट छुट्टयाउन उनले सुझाव दिए । उनले अहिले सम्म दक्षिणी क्षेत्रको बिकासका कुराहरु भाषणमा मात्र सिमित हुने भएकोले यसलाई देखिने गरि कार्यान्वयन गर्न पनि जोड दिए । फरक प्रंसगमा बोल्दै बोहोराले अहिले नेपालमा स्थानिय निकायहरु प्रतिनिधि बिहिन अवश्थामा रहेको हुदा स्थानिय निकायमो चुनाव आवश्यक रहेको बताए । उनले स्थानिय निकायको चुनाव भए कर्मचारीलाई पनि सहज हुने र जनताले पनि बिकास निर्माणमा सहभागीता जनाई प्रत्यक्ष लाभ लिन सक्ने तर्क गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप