फाइभस्टार छाडेर स्थानीयको घरमा बस्दै राजकुमार ह्यारी
शुक्रबार, २८ फागुन २०७२, १९ : ५०
काठमाडौं – चैतको पहिलो हप्ता नेपाल भ्रमणमा आउन लागेका बेलायती राजकुमार ह्यारी फाइभ स्टार होटल छाडेर स्थानीयको घरमा बस्ने भएका छन् । ३१ वर्षीय राजकुमार पोखरा भ्रमणको दौरान स्थानीयको घरमा बस्ने भएका हुन् । मार्च १९ देखि २३ सम्म नेपाल रहने ह्यारी यस क्रममा पोखरामा रहेको गोर्खा सैनिकहरुको क्याम्प जानेछन् । उनी त्यहाँ गोर्खा परिवारसँगै बस्ने ह्यारीका प्रवक्ताले बताएका छन् । अफगानिस्तानमा गोर्खा सैनिकसँगै काम गर्दा प्रभावित बनेका ह्यारी गोर्खा सैनिकहरुलाई नजिकबाट बुझ्नका लागि होटल नभएर गोर्खा सैनिक परिवारसँगै बस्न लागेको बताइएको छ । नेपाल भ्रमणका क्रममा राजनीतिक भेटघाट बाहेक उनले ट्रेकिङ देखि खौराहा खोलामा र्याफ्टीङदेखि बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण