मासु पसल अनुगमन र सडक पुनःनिर्माणमा नगरवासीको चासो
शनिबार, २९ फागुन २०७२, ०८ : ४३
काठमाडौँ- काठमाडौँ महानगरपालिकाभित्र रहेका मासु पसलको प्रभावकारी व्यवस्थापन र सडक पुनःनिर्माणको काम तत्काल अघि बढाउन नगरवासीले आग्रह गरेका छन् ।
काठमाडौँ महानगरपालिकाले शुक्रबार यहाँ आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीले जनस्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने मासु पसलको अनुगमन गरी व्यवस्थापन गर्न र भत्काइएका सडकको पुनःनिर्माण छिटो सक्न ध्यानाकर्षण गराए ।
विभिन्न स्थानमा रहेको फुटपाथ पसलको व्यवस्थापन गर्नुपर्ने, घरजग्गा कर घटाउनुपर्ने र सडक बत्ती राखिनुपर्ने विषय पनि कार्यक्रममा उठाइएको थियो ।
सहभागीको प्रश्नको उत्तर दिँदै काठमाडौँ महानगरका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले राजनीतिक स्थायित्व नभएर नगरपालिकाले सोचे अनुरुपको काम गर्न नसकेको बताए ।
उहाँले आगामी असारसम्ममा फोहरबाट बत्ती बाल्ने कामले पूर्णता पाउने पनि विश्वास पनि व्यक्त गरे । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण