घाइतेको उपचारका लागि एकमुष्ट रकम दिने : प्रधानमन्त्री ओली
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागअनुसार आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको उपचार खर्च एकमुष्ट दिने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ सरकार र मोर्चाबीच भएको बैठकमा उनले तराईको आन्दोलनका क्रममा सरकारले घाइतेको सम्पूर्ण उपचार खर्च एकमुष्ट दिने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले निष्पक्ष न्यायिक छानबिन आयोग गठन गर्ने, आन्दोलनका क्रममा मोर्चाका कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिने र मोर्चाको राजनीतिक मुद्दाका विषयमा पुनः बैठक बसेर निष्कर्ष निकाल्ने बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
आयोगको गठन तथा मुद्दा फिर्ता लिने मागका बारेमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेल र नेपाल सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण बसेर छलफल गर्ने निष्कर्ष पनि भएको छ ।
बैठकमा मोर्चामा आबद्ध दलका नेता महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, मनिष सुमनलगायतका नेता सहभागी थिए । मोर्चाका नेताहरुले आजै प्रधानमन्त्री ओलीलाई सातबँुदे ध्यानाकर्षणपत्र बुझाएका थिए ।
मोर्चाले बुझाएको ध्याकर्षणपत्रमा संविधानको पुनर्लेखन, सहिद घोषणा, घाइतेको उपचार, निष्पक्ष न्यायिक छानबिन आयोग गठन, मुद्दा फिर्ता तथा रिहाइ, भूकम्प प्रभावितलाई सहयोग र पुनःनिर्माण, कालोबजारी अन्त्य र आन्दोलन अवधिभरको कर मिनाहा गर्नुपर्नेलगायत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण