सार्क मन्त्रिस्तरीय बैठकको तयारी भोलिसम्ममा सम्पन्न गरिने
शनिबार, २९ फागुन २०७२, ११ : ०२
पोखरा– आगामी चैत १ देखि ४ गतेसम्म पोखरामा हुने सार्क पराराष्ट्र मन्त्रिस्तरीय बैठकको तयारीबारे मूल व्यवस्थापन सहयोग समितिले समीक्षा गरेको छ ।
समितिका संयोजक एवम् क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइरालाको अध्यक्षतामा क्षेत्रीय प्रशासन कार्यालयको सभाकक्षमा आज सम्पन्न बैठकले तयारीस्वरुप भइरहेका कामको समीक्षा गर्दै भोलिसम्म बाँकी सम्पूर्ण काम सम्पन्न गर्ने निर्णय गरेको छ ।
उपक्षेत्रीय प्रशासक लोकराज रेग्मीका अनुसार बैठकमा विभिन्न विषयगत समितिबाट भइरहेका कामबारे जानकारी गराइएको थियो ।
बैठकमा नायब शिष्टाचार महापाल राजाराम बर्तौला, मूल व्यवस्थापन सहयोग समिति, क्षेत्रीय सुरक्षा समिति तथा जिल्ला सुरक्षा समिति र विषयगत समितिका पदाधिकारीहरूको सहभागिता थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण