दृष्टिविहीनद्वारा सहयोगको याचना
मोरङ, फागुन २९– मोरङका उर्लाबारी–२ का राजकुमार राई र इन्दिरा राई दम्पती हुन् । उनीहरु दुवै दृष्टिविहीन छन् । दृष्टिविहीन भएपनि उनीहरु मुढा बनाएर जिन्दगी गुजारा गरिसकेका छन् । प्लान नेपालले सुनसरीले दिएको तालिममा उनीहरुले मुढा बुन्न सिकेकी हुन् । यी दम्पती जन्मजात दृष्टिविहीन भने होइन । बालबालिकामा धर्ती देखेका उनीहरुको बिस्तारै आँखाको ज्योति गुम्न पुग्यो । राजकुमारका बुबा छैनन् । आमा भने छन् । बेलाबखत दाजुभाइ तथा आमा हेर्न आउने गरेको राजकुमारले सुनाए ।
उनीहरुले आँखाको सानैमा उपचार गराए तर उपचार सम्भव भएन । ठूला अस्पतालले आफूहरुको उपचार गराइदिए संसार देख्न मन भएको उनीहरु सुनाउँछन् । आफ्नो बालबच्चा हेर्ने धोको छ यो दम्पतीलाई । अनि मन छ, श्रीमान् र श्रीमतीले एकआपसको मुहार हेर्ने । अहिले ७ वर्षीया छोरी इनिस्ताले उनीहरुको रेखदेख गर्दै आएका छन् । विद्यालयबाट छुट्टी भई आएपछि छोरीले काम सघाउने गरेको र बिरामी हुँदा अस्पताल लाने गरेको आमा इन्दिराले सुनाइन् ।
उनीहरुलाई राज्यले नीलो कार्ड दिएको छ । मासिक रुपमा तीन/तीन सय रुपैयाँ पाउँछन् । राजकुमार भन्छन्, “रातो कार्ड पाएका छैनौं । हामीभन्दा सबलाङ्गले पाएका सुनिन्छ । जहाँ पनि राजनीति छ हजुर । हाम्रो लागि को लागि पर्ने र ?”
सानो छाप्रोमा दुःखदायी जीवन व्यतित गर्दै आएका उनीहरुले अहिले दाताको सहयोगमा घर निर्माण गर्दै हुन्छन् । उनीहरुलाई आर्थिक सहयोगको खाँचो छ । उनीहरुले आफ्नो घर निर्माणमा र छोरीको भबिष्यका लागि दातासमक्ष सहयोगको याचाना गरिरहेका छन् । राई दम्पती भन्छन्, “मन हुनेले सम्झिदिनुहोला ।” ठूली भएर छोरीलाई डाक्टर बनाउने धोको छ उनीहरुको । राजकुमार भन्छन्, “आँखाको डाक्टर बनाउने धोको छ । छोरीले दृष्टिविहीनको ज्योति फर्काउन सकून् ।” रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण