शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

काँग्रेसको १३ औं महाधिवेशनमा युवा नेता : जता–जता बाहुन बाजे उतै–उतै स्वाहा ?

शनिबार, २९ फागुन २०७२, १२ : ४५
शनिबार, २९ फागुन २०७२

काठमाडौं – नेपाली काँग्रेसको १३औं महाधिवेशनमा युवा नेता पछाडि परे । यो सँगै काँग्रेसभित्र बहस शुरु भयो, आखिर युवा नेता किन पछाडि परे ? कार्यकर्ताको बुझाईमा चाहीँ युवा पछाडिको पर्नुको कारण गुटको राजनीति हो । युवा नेता चन्द्र भण्डारीले आफुले फेसवुकमा स्टाटस लेखेर बहस पैदा गराउन खोजेका थिए, त्यहीँ उनले आफ्ना कार्यकर्ता र शुभचिन्तकबाट प्रयाप्त प्रतिक्रिया पाएका छन् । गुटको राजनीति भएकाले महाधिवेशनमा युवा नेता पछाडि परेको विभिन्न देशमा रहेका कार्यकर्ताको निश्कर्ष छ । उनीहरुले नेताहरुले गुटको राजनीति गरेकोले ‘राम्रा नेता पछि परेको’ भन्दै आलोचना समेत गरेका छन् । ‘माननीय ज्युहरुको आफूलाई मात्र युवा सोच्ने प्रबृत्ति बन्द गरेको देख्न चाहन्छौँ, काँग्रेसमा राम्रो मान्छेलाई जिताउनको लागि लाग्नु पर्नेमा गुटको स्थायी सदस्यता लिएर बस्नुभो’ अष्ट्रेलियाबाट प्रकाश अर्याल काँग्रेस नेता चन्द्र भण्डारीलाई सन्देश पठाए, ‘अब तपाईँको हार हुँदा हामीलाई कुनै पछुतो छैन ।’ कार्यकर्ताले कतिपय नेताहरुलाई सामाजिक सञ्जालमै आलोचना गरेका छन् भने कतिले सन्देश पठाएर वा स्टाटस लेखेर पनि आलोचना गरिरहेका छन् । केन्द्रीय सदस्यका उम्मेदवार चन्द्र भण्डारीले समयको माग अनुसारको नेतृत्व आउने अनुमान टाढा पुगिसकेको भन्दै लेखेको स्टाटसमा कार्यकर्ताले सहानुभूति भन्दा आलोचना र असन्तुष्टि बढी पोखेका छन् । जापानबाट दिपक भुसालले काँग्रेसमा खुरापाती राजनीति हावी भएको कारण समस्या भएको बताएका छन् । नेता भण्डारीले ‘के गर्ने परीणाम स्वीकार गर्दै जता –जता बाहुन बाजे उतै उतै स्वाहा, अब नयाँ विचार र दृष्टिकोणको आवश्यकता किन ?’ भनेर स्टाटस लेखेका थिए ।

दक्षिण कोरियाबाट लक्ष्मण अर्यालले पनि गुटमा लागेकोमा असन्तुष्टी जनाउँदै नयाँ विचार भन्नेहरुको विरोध गरका छन् । ‘तपाईंजस्तो मान्छे आखिर गुटमै छिर्नु भो’ उनले भनेका छन् ‘अहिले फेससेभ गर्दै हुनुहुन्छ ।’ गुटबन्दीका कारण नै युवाहरुले हार्ने र भ्रष्टहरु अगाडी बढ्ने मौका पाएको स्याङ्जा घर भएका तथा हाल अबुदावीमा रहेका लेखनाथ खनालले बताएका छन् । १३औं महाधिवेशनबाट काँग्रेस शुद्धीकरण हुने आशा लिएपनि गुटका कारण बिग्रिएको उनको भनाई छ । व्यक्ति नयाँ र पुरानो हुँदैमा केही नहुने तर संस्थापक विपी कोईरालाको विचारको सहि प्रयोग हुन नसकेको तर्क बाग्लुङ्गका कृष्ण पुनको छ । ‘विपीको विचार मुलतः विकास राजनीतिकोे थियो, श्रमिकहरुलाई उचित पारिश्रमिक हुनुपर्नेमा राज्यले नै पहल कदमी लिनुपर्छ भन्नेमा उनको जोड थियो, किनकी उचित पारिश्रमिक भयो भने श्रमिक पनि धनी बन्न सक्छ ।’ उनले भनेका छन्, ‘कोरियामा उचित पारिश्रमिक पाएकाले कोरिया गएका कामदारले नेपालमा धनी बन्न सकेका उदाहरण आज देख्न पाइन्छ । विपीको विचार यस्तै थियो । के यो विचार पुरानो हो ? बरु विपीको विचारलाई ठीक ढङगले अगाडि बढाउन नसकिएको हो कि ?’ कार्यकर्ताले मिठा–मिठा कुरा गरेर जनतलाई अझै भ्रममा नपार्न समेत सुझाव दिएका छन् । यूवा नेता भन्नेले यूवालाई सहयोग नगरेकोको दक्षिण कोरीयाबाट आशिष रानाभाटको भनाई छ । ‘किन युवालाई मिलाएर लान सक्नु भएन र बुढा नेताको चाप्लुसी गर्दै हिँड्नु भयो ?’ उनले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप