प्रमको चीन भ्रमणपछि राष्ट्रिय सरकार : मन्त्री राई
शनिबार, २९ फागुन २०७२, १२ : ५०
विराटनगर - सूचना तथा सञ्चारमन्त्री शेरधन राईले वर्तमान सरकारकै नेतृत्वमा राष्ट्रिय सरकार बन्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारमा सामेल हुनुपर्ने वा प्रतिपक्षमा बसेर ऐतिहासिक अभिभारालाई पूरा गर्न सरकारलाई रचनात्मक सहयोग गर्नुपर्ने काँग्रेससँग दुइ विकल्प रहेको उल्लेख गरे ।
उनले भने, “प्रधानमन्त्रीको चीन भ्रमणपछि सरकारले सबै पार्टीलाई सरकारमा सहभागी हुनका लागि आह्वान गर्नेछ र ती दल सरकारमा सामेल नभएको अवस्थामा सरकार आफ्ना मार्गचित्रको आधारमा अगाडि बढ्नेछ ।”
मधेसी मोर्चासँग वार्ता सुरु भएको भन्दै उनले मधेसी मोर्चाको ११ बुँदे मागमध्येबाट कतिपय माग पूरा भइसकेको बताए ।
सीमाङकनलगायतको विषयमा उनले भने, “गठित राजनीतिक समितिलाई पूर्णता दिनका लागि नेपाली काँग्रेससँग छलफल गरिनेछ र त्यसपछि राजनीतिक समितिले तीन महिनाभित्रमा तयार पारेको प्रतिवेदनको आधारमा सीमाङ्कनको समस्या समाधान गरिनेछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण