कांग्रेस निर्वाचन : आदिवासी जनजाती, महिला मधेसी र दलितको मतपरिणाम सार्वजनिक, क–कसले जिते चुनाव ?
शनिबार, २९ फागुन २०७२, १९ : ०१
काठमाडौं–नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको सबै आरक्षणतर्फको मतगणना सकिएको छ ।
महिला, दलित, जनजाति र मधेसीतर्फ आरक्षित कोटाका केन्द्रीय सदस्यहरूको मतगणना आज सकिएको छ भने मुस्लिमतर्फको गणना यसअघि नै सकिएको थियो । खुल्ला महिला कोटाबाट छजना निर्वाचित भएका छन् भने दुईजना महिलासहित दलित, मधेसी र जनजातिबाट पाँच–पाँचजना निर्वाचित भएका छन् । मुस्लिममा भने एकजनाको मात्रै कोटा भएकोमा फर्मुल्लाह मन्सुर विजयी भएको यसअघि नै घोषणा गरिएको छ । खुल्ला महिलातर्फ खुल्ला महिलातर्फ डा डिला सङ्ग्रौला एक हजार ५६४, पुष्पा भुसाल एक हजार २६७, कमला पन्त एक हजार १३०, सरिता प्रसाईं ९८७, अम्बिका बस्नेत ९३७ र ईश्वरी न्यौपानेले ९३५ मत ल्याएर विजयी भएकी छन् । महिला कोटामा ३८ जनाको उम्मेदवारी परेको थियो । जनजातितर्फ आदिवासी जनजातितर्फको आरक्षण कोटामा चिनकाजी श्रेष्ठ ९४७, बहादुरसिं लामा ७६७ र कल्याण गुरुङले ७३४ मत प्राप्त गरी निर्वाचित भएका छन् । आदिवासी जनजाति महिलातर्फको कोटामा भने सीता गुरुङ एक हजार २७४ र रत्ना शेरचनले ८४६ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले जानकारी दिए । आदिवासी जनजातितर्फ तीन केन्द्रीय सदस्य पदका लागि ४० र आदिवासी जनजाति महिलातर्फ दुई पदका लागि १२ जना उम्मेदवार भएका थिए । मधेसीतर्फ मधेसीतर्फ अजय चौरसियाले एक हजार ३४१, महेन्द्र यादव एक हजार २३६ र रामकृष्ण यादवले एक हजार २०० मत प्राप्त गरी विजयी भएका छन् भने मधेसी महिला कोटाबाट किरण यादव एक हजार ३३६ मत र पार्वता डिसी चौधरी एक हजार १३० मतका साथ निर्वाचित भएका छन् । मधेसी आरक्षणतर्फ तीन पदका लागि १५ र मधेसी महिला दुुई पदका लागि नौजनाको उम्मेदवारी परेको थियो । दलिततर्फ त्यसैगरी, दलिततर्फ केन्द्रीय सदस्यको कोटामा जीवन परियारले एक हजार ४८१, मानबहादुर विश्वकर्माले एक हजार ४०२ र मिन विश्वकर्माले १,३१३ मत ल्याएर विजयी भएका छन् । दलित महिलातर्फ एक हजार ५१९ मत प्राप्त गरी लक्ष्मी परियार र एक हजार ५०२ मत प्राप्त गरी सुजाता परियार केन्द्रीय सदस्य हुनुभएको निर्वाचन समितिले जनाएको छ । दलितको तीन पदका लागि २० जना र दलित महिला दुई पदका लागि पाँचजना चुनावी मैदानमा थिए । खुल्लातर्फको २५ र प्रदेशतर्फको १४ केन्द्रीय सदस्य पदको मतगणना भने अझै सकिएको छैन । खुल्लाका लागि ९० जना र सात प्रदेशबाट दुईजनाका दरले १४ सदस्यका लागि भएको निर्वाचनमा प्रदेश नं १ मा १३, प्रदेश नं २ मा पाँच, प्रदेश नं ३ मा १८, प्रदेश नं ४ मा नौ, प्रदेश नं ५ मा १०, प्रदेश नं ६ मा पाँच र प्रदेश नं ७ मा सातजनाले उम्मेदवारी दिएका थिए । केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले आगामी सोमबारसम्ममा निर्वाचनको सबै परिणाम सार्वजनिक भइसक्ने अनुमान गरिएको जानकारी दिए । काँग्रेस केन्द्रीय कार्यसमितिमा ६४ पदका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । महाधिवेशनमा कुल तीन हजार १६१ मतदाता रहेकामा तीन हजार १४८ मत खसेको थियो ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण