खुल्ला केन्द्रीय सदस्यको १५ सय मत गणना सकियो, खुमबहादुर अगाडि
शनिबार, २९ फागुन २०७२, २२ : २०
काठमाडौँ- नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्य पदको मतगणना आज चौथो दिन पनि जारी रह्यो ।
अहिलेसम्म एक हजार ५०० मतगणना हँुदा सबैभन्दा अगाडि खुमबहादुर खड्का रहेका छन् । उनले ८९८ मत प्राप्त गरेका छन् ।
केन्द्रीय निर्वाचन समितिका अनुसार डा शेखर कोइराला ८८५, प्रकाशमान सिंह ८८०, रमेश लेखक ८५१, पूर्णबहादुर खड्का ८४६ र केवी गुरुङले ८४१ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन् ।
त्यसैगरी, प्रदीप गिरी ८३९, प्रदीप पौडेल ८३७, बालकृष्ण खाँण ८३५, विमलेन्द्र निधि ८३३, धनराज गुरुङ ८२४, महेश आचार्य ८१५, डा रामशरण महत ७८६, बलबहादुर केसी ७८५, विश्वप्रकाश शर्मा ७७१, सुजाता कोइराला ७६६, शङ्कर भण्डारी ७४९, प्रकाशशरण महत ७४०, एनपी साउद ७३० र गोपालमान श्रेष्ठले ७३० मत प्राप्त गरेका छन् ।
त्यस्तै, चन्द्र भण्डारीले ७२१, डा मीनेन्द्र रिजाल ७१३, ज्ञानेन्द्रबहादुर कार्की ७१३ मतका साथ २५ जना भित्रमा गरेका छन् ।
महाधिवेशनमा कुल तीन हजार १४८ मत खसेकाले अझै आधा मतगणना गर्न बाँकी रहेको छ । मतगणना आइतबार बिहानसम्मका लागि स्थगन भएको निर्वाचन समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण