सभापतिमा हारेका सिटौलाले भने : प्राप्त मतले दृढतापूर्वक उभिने ‘म्यान्डेट’ दियो
शनिबार, २९ फागुन २०७२, २२ : २९
काठमाडौँ- नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा सभापतिका प्रत्यासी कृष्णप्रसाद सिटौलाले आफूहरूलाई प्राप्त मतले दृढतापूर्वक उभिने ‘म्यान्डेट’ दिएको बताएका छन् ।
आफ्ना मतदाता तथा सुभेच्छुकलाई धन्यवाद दिन राजधानीमा आज आयोजित कार्यक्रममा नेता सिटौलाले आफूहरूले सम्मानजनक मत पाएकाले अब आफूहरू काँग्रेसभित्र दुवै पक्षलाई दबाब दिनेगरी उभिइरहने बताए । ।
उनले भने, “पार्टीको नयाँ नेतृत्वले परिवर्तनलाई अड्काउने होइन तन्काउनेतर्फ लाग्नु पर्दछ, पार्टीभित्र परिवर्तन चाहनेको सङ्ख्या ठूलो छ ।” नेता सिटौलाले काँग्रेस आफ्ना लागि नभई देश र जनताका लागि बनेकाले देश र जनतालाई सोचेर नयाँ नेतृत्वले काम गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा महामन्त्रीका प्रत्यासी गगनकुमार थापाले निर्वाचनबाट आफूहरू पराजित भए पनि पार्टीप्रतिको जिम्मेवारी र क्रियाशीलतामा रत्तिभर कम नहुने बताए । उनले पार्टीलाई सशक्त बनाउनका लागि अझ बढी मेहनेत गर्ने अठोट व्यक्त गरे ।
कोषाध्यक्षका प्रत्यासी उमाकान्त चौधरीले प्रजातान्त्रिक प्रक्रियामा हारजितलाई स्वभाविकरूपमा लिइने भएकाले आफूहरूले पनि स्वभाविकरूपमा लिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण