शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेस सरकारमा जाने मनस्थितिमा छैनः पौडेल

शनिबार, २९ फागुन २०७२, २२ : ३२
शनिबार, २९ फागुन २०७२
रत्ननगर  नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले काँग्रेस पार्टीलाई चरम गुटबन्दीबाट मुक्त पार्दै एकताबद्ध बनाएर लैजाने आफ्नो उद्देश्य रहेको बताउनुभएको छ । उहाँले गुटबन्दी कुनै पनि प्रजातान्त्रिक पार्टीमा हुने भएपनि चरम गुटबन्दीको अन्त्य गर्न आफूले भूमिका खेल्ने बताउनुभयो । प्रेस युनियन चितवनले आज भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले प्रजातन्त्रमा जीतहार हुने भएकाले स्वभाविक भएको प्रतिक्रियासमेत दिनुभयो । सरकारमा जाने मनस्थितिमा नरहेको प्रष्ट्याउँदै पौडेलले केही समय काँग्रेसले धैर्य गर्नसक्ने सङ्केत गर्नुभयो । काँग्रेस महाधिवेशनको विषयमा नेता पौडेलले भन्नुभयो “पार्टीलाई पूरापुर सहयोग हुन्छ, पार्टीलाई एकताबद्ध बनाएर लैजाने मेरो उद्देश्य हो ।” नेता पौडेलले भन्नुभयो “पार्टी बलियो भए मात्रै आफू बलियो हुने मेरो मान्यता हो, अब पार्टीलाई अझै बलियो बनाउन मेरो पूर्ण सहयोग हुन्छ ।” पारिवारिक कामका सिलसिलामा चितवन आउनुभएका उहाँले सर्वाेच्च अदालतको न्यायाधीश नियुक्ति प्रक्रियाका विषयमा सुनुवाइ समिति नै छैन भनेर प्रधानमन्त्रीले संवैधानिक निकायमा नियुक्ति रोक्न नहुने तर्क उहाँको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप