माग पूरा नभए चैत मसान्तपछि फेरि आन्दोलन चर्किन्छः महतो
शनिबार, २९ फागुन २०७२, २२ : ३६
रौतहट- सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी मोर्चाले बुझाएको ११ बुँदे मागलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।
आज सदरमुकाम गौरमा आयोजित पत्रकार सम्मेलनमा उनले मोर्चाको मागलाई सरकारले चैत मसान्तसम्म पूरा नगरे आन्दोलन चर्किने बताए ।
उनले आन्दोलन कमजोर भयो, तुहियो र औचित्य सकियो भन्नु निरर्थक रहेको दाबी गर्दै मोर्चाको तर्फबाट आन्दोलनको स्वरूप परिवर्तनमात्र भएको बताए । उनले भने – हामी शक्ति सञ्चय र पार्टीका सङ्गठनलाई बलियो बनाउन लागिपरेका छौँ । यसलाई कमजोरीका रूपमा कसैले नठान्न आग्रह गर्दछौँ ।”
उनले मोर्चाले चलाएको आन्दोलनले जनतालाई बढी दुःख भएको बुझेर केही समयका लागि आन्दोलनको स्वरूप परिवर्तन गरेको पनि दाबी गरे । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण