कांग्रेस केन्द्रमा नुवाकोटबाट नयाँ अनुहार
काठमाडौं- रातोपाटीसँगको
१३ औं महाधिवेशनमा आदीबासी जनजाती कोटाबाट केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएका उनी पहिलो प्रयासमै केन्द्रीय सदस्य बन्न सफल भएका हुन् । नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेद्वारी दिएका उनी ६६७ मतका साथ केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् । आदिबासी जनजातीको लागि छुट्याइएको तीन मध्ये अन्य दुई सिटमा चीनकाजी श्रेष्ठ र कल्याण गुरुंग विजयी भए । उनीहरुले क्रमशः ९४७ र ७३४ मत ल्याए ।
नुवाकोटबाट नयाँ अनुहार
नेपाली कांग्रेसमा नुवाकोटबाट केन्द्रिय राजनीतिमा रामशरण महत, अर्जुननरसिंह केसीदेखि प्रकाशशरण महतसम्मको प्रभाव छ । १३ औं महाधिवेशनबाट केसी महामन्त्रीमा पराजित भइसकेको अवस्थामा महतद्वय भने खुल्लातर्फबाट केन्द्रिय सदस्य जित्न संघर्षरत छन् । तर, नुवाकोटबाट केन्द्रका नयाँ अनुहार बहादुर भने विजयी बनिसकेका छन् । तीन पटकसम्म महासमिति सदस्य भएपनि उनले यसअघि केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएका थिएनन् । तर, यसपटक उनले उम्मेद्ववारी दिए र पहिलो प्रयासमा सफलताको स्वाद चाखे । यसपटक केसी र महतद्वय सँगै बहादूरको निकै चर्चा थियो जुन उनले प्रमाणित गरिसकेका छन् । २०४२ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय भएपनि उनी जिल्लामै सीमित हुँदै आए । पद भन्दा पनि कर्ममा विस्वास गरेकै कारण उनी लामो समय राजनीति गर्दा पनि जिल्लामै सीमित भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । तर १३ औं महाधिवेशनमा भने वरिष्ठ नेता शेरबहादुर देउवाको विषेश सहयोगमा उनले उम्मेद्वारी दर्ता गराएको बताइन्छ । देउवा समुहमा नुवाकोटकै केसी र प्रकाशशरण महत भएपनि उनलाई देउवाले विषेश समर्थन गरेको बताइन्छ । यसो त चर्चित निर्माण व्यवसायी समेत रहेका उनी आफैंको देशभरका महाधिवेशन प्रतिनिधिहरुसँग व्यक्तिगत सम्पर्क रहेकाकाले पनि उनलाई सहज भएको कतिपयको भनाई छ। देउवाको प्रत्यक्ष सहयोग, उनकै व्यक्तिगत जनसम्पर्क र जनजातीको विस्वासका कारण उनी केन्द्रिय सदस्यमा विजयी भएको एक पाका कांग्रेस नेताको विश्लेषण छ ।
३० वर्षपछि सानेपा विसं २०४२ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय तामाङले नुवाकोट नेविसंघको पूर्व क्षत्रीय सभापति, जिल्ला उपाध्यक्ष हुँदै, नेपाल तामाङ घेदुङ संघ, नुवाकोटको अध्यक्षको समेत जिम्मेवारी वहन गरिसकेका छन् । सामाजिक कार्यमा सक्रिय तामाङ चर्चित निर्माण व्यवसायी पनि हुन् । उनले नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षको समेत जिम्मेवारी वहन गरिसकेका छन् । नेपाल जनजाती संघको केन्द्रीय सदस्यसमेत रहेका तामाङ नुवाकोट क्षेत्र नं ३ का सभासद हुन् । उनी दोस्रो संविधानसभा निर्वाचनमा एमाओवादीका तत्कालिन महासचिव पोष्टबहादुर बोगटीलाई भारी मतले हराएर चर्चामा आएका थिए । जिल्लामा परिचित अनुहार उनलाई सानेपासम्म पुग्न भने ३० वर्ष कुर्नुपर्यो । अर्थात, राजनीति थालेको तीस वर्षपछि उनी केन्द्रीय सदस्य बन्न सफल भए । बीपीको मूल आदर्श र सिद्धान्तलाई आत्मसात गर्दै कांग्रेसको राजनीतिमा होमिएको बताउने लामाले समानुपातिक, समावेशीका मुद्दालाई जोडतोडका साथ उठाउँदै आएका छन् । नुवाकोटको मनकामनाबासी उनी विकास निर्माणका मामिलामा चिकै चिन्तित छन् र त उनले विकास निर्माणका क्षेत्रमा उल्लेखनीय काम गरिरहेका छन् । उनकै नेतृत्वमा त्रिशूली नदीमा तीनओटा पक्की पुल बन्ने तर्खरमा छ जसले नुवाकोटका आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्न मद्यत गर्दछ । उनको पहलमा रातमाटेबाट–बुधसिंह जाने केउरेनीबाट–तारुका जाने बाटो र देबीघाट नजिकै पनि त्रिशुली नदीमा क्रमशः २६ करोड, १९ करोड र २६ करोडको लागतमा बहुवर्षीय योजनाअनुसार पुल निर्माण प्रक्रिया तीब्र गतिमा भइरहेको छ । यस्तै मनकामना–काहुले–साल्मे–भाल्चे जाने बाटो पनि २५ करोडको बहुवर्षिय योजना अनुरुप ठेक्का भइसकेको छ । यस्तै चारघरे खड्गभन्ज्याङ बुधसिंह नेयारपानी, तारुका हुँदै धादिङ जाने बाटोलाई बहुवर्षीय योजना अनुसार टेन्डर भएको छ भने नुवाकोट दरबार जाने बाटो पनि १५ करोड रुपयाँमा टेन्डर भइसेकेको छ । यस्तै दाङसिं–गास्र्याङ जाने बाटो पनि १३ करोड रुपयाँमा टेन्डर भइसेको छ । यो भन्दा अघि पनि ९ करोडको टेन्डर भइसकेको थियो । यसैगरि मध्यपहाडी लोकमार्ग ल्याउनको लागि पनि उनको विशेष पहल रहेको छ । यसअघि काभे्र हुँदै लोकमार्ग अघि बढ्ने भनिएकोमा उनकै पहलमा नुवाकोटलाई पनि समेटेर अघि बढाइएको हो । जुन लोकमार्ग व्यापारिक हिसावले निकैनै महत्वपूर्ण मानिएको छ । यसैगरी त्रिशूली नगरपालिकाको खानेपानीको लागि पनि ८८ करोडको ठेक्का भइसकेको छ भने सदरमुकाममै सभागृहको पनि पहल भएको छ । स्वस्थ्यमा पनि उनको योगदान महत्वपूर्ण रहेको छ । त्रिशूली अस्पताल बनाउनको लागि २२ करोडको टेन्डर हुँदैछ । देउराली–विदुर जाने बाटोको लागि पनि प्रक्रिया सुरु भएको छ । यस्तै अहिले राइसिंह , कल्याणपुर हर्कपुर हुँदै देउराली सिंताङ बर्सन्चेत जाने बाटोलाई पनि प्राथमिकता दिएर त्यसलाई प्रक्रियामा लगिएको छ । यसका लागि करीब १५ करोड खर्च भइसकेको छ । यस्तै विद्युत विस्तार लगायतका काममा पनि उनको महत्वपूर्ण भूमिका गरेको छ ।
विकासप्रेमी नेता नेता लामाले केन्द्रीय सदस्यमा निर्वाचित भएपछि आफूमा जिम्मेवारी थपिएको महसुश भएको प्रतिक्रिया दिए । उनले आफूले यसअघि पनि निरन्तर देश र जनताको पक्षमा काम गर्दै आएको र अब थप उर्जाका साथ काम गर्ने बताए । यस्तै उनले आफूलाई केन्द्रिय सदस्यमा निर्वाचित गराउने सम्पूर्ण प्रनितिधिहरुलाई धन्यवादसमेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण