कोस्टामाथि मैदानमा खेलाडीलाई टोकेको आरोप
लण्डन – चेल्सीका स्ट्राइकर डिएगो कोस्टामाथि मैदानमा खेलाडी टोकेको आरोप लागेको छ । एभर्टन विरुद्ध एफए कपको क्वाटर फाइनलको दौरान गेराथ ब्यारीलाई टोकेको आरोप लागेको हो । तर, कोस्टाले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । खेलको ८४ औं मिनेटमा भएको उक्त घटनापछि कोस्टा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । ‘कोस्टाले क्लबका अधिकारीहरुसँग कुरा गरेका छन् । उनले ब्यारीविरुद्ध देखाएको प्रतिक्रियाप्रति दुःख व्यक्ति गरेका छन्,’ चेल्सीका प्रवक्ताले भने, ‘तर उनले ब्यारीलाई टोकेको अस्वीकार गरेका छन् ।’
यता, चेल्सीका प्रशिक्षक गुस हिडिंकले भने एभर्टनका खेलाडीहरुलाई जानीजानी कोस्टालाई भड्काउन खोजेको आरोप लगाए । एभर्टनका प्रशिक्षक रोबर्टो मार्टिनेजले ब्यारीले उक्त घटनाको बारेमा क्लबमा कुनै कुरा नराखेको र जीतबाट खुसी रहेको बताएका छन् । खेलमा ब्यारीले पनि रातो कार्ड खाँदै मैदान छाड्न परेको थियो । रोमेलु लुकाकुले दुई गोल गरेपछि चेल्सी पराजित बन्दै सेमिफाइनलबाट बाहिरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण