पेनाल्टीमा अभागी बार्सिलोना : फेरि चुके मेस्सी
बार्सिलोना – यस सिजन बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गरिरहेको छ, तर पेनाल्टीलाई गोलमा परिणत गर्ने मामिलामा भने बार्सिलोना अभागी रहँदै आएको छ । शनिबार राती गेटाफेमाथि बार्सिलोनाले ६–० को विशाल जीत दर्ता गर्यो । तर, फेरि अर्को पेनाल्टीलाई गोलमा परिणत गर्नबाट भने चुक्यो । यसपटक गोल हान्न आएका अर्जेन्टिनी स्टार लियोनेल मेस्सी गोल गर्नबाट चुके । बार्सिलोनाले यस सिजन ला लिगामा मात्र ८ वटा पेनाल्टीलाई गोलमा परिणत गर्नबाट चुकेको छ । यद्यपि, पेनाल्टीमा चुके पनि खेलमा नायक भने मेस्सी नै रहे । उनले खेलमा एक गोल गरे भने तीनवटा गोलको अवसर सृजना गरे । बार्सिलोनाको जीतमा नेयामारले दुई तथा मुनिर एल हडिडी, मेस्सी र आर्डा टुरानले एक–एक गोल गरे । एक गोल हुवान रोड्रिग्वेजले आत्मघाती गोल गरे । स्पेनिस ला लिगामा बार्सिलोनाको यो लगातार १२ औं जित हो । बार्सिलोनाले बुधबार च्याम्पियन्स लिगमा आर्सनलको सामना गर्दैछ । जीतपछि बार्सिलोनाले शीर्ष स्थानमा ११ अंकको अग्रता बनाए पनि पछि डिर्पोटिभो ला कोरुनालाई ३–० ले पराजित गर्दै एथ्लेटिको म्याड्रिडले बार्साको अग्रतालाई ८ अंकमा झारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण