शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

विराटलाई मंहगोमा तेल बेच्न दिनेलाई विप्लव माओवादीको चेतावनी

आइतबार, ३० फागुन २०७२, ०९ : ४५
आइतबार, ३० फागुन २०७२

काठमाडौँ –नेकपा माओवादीले निजी कम्पनिलाई पेट्रोलियम पदार्थ बिक्रि बितरण गर्न दिएको अनुमतिविरुद्ध संघर्ष गर्ने बताएको छ । पार्टी प्रवक्ता प्रकाण्डले शनिबार एक विज्ञप्ति जारी गर्दै सोक कुरा बताएका हुन् । विज्ञप्तिमा भनिएको छ, “निजी कम्पनी मालिक, पोट्रोलिमेक्र्स र विराटलाई दिने गरेको निर्णय र विराट कम्पनीलाई नेपाल आयल निगमबाट ९९ रुपंैयामा उपभोक्ताले प्राप्त गरी राखेको पेट्रोललाई १३० रुपंैयामा बिक्री गर्न दिएको अुनमति र व्यवस्थाप्रति हाम्रो पार्टीको ध्यान गम्भीर रुपमा आक्रोसित भएको छ । उक्त सरकारी निर्णय र व्यवस्थाको हाम्रो पार्टी घोर निन्दा र भत्र्सना गर्दछ” भनेका छन् । प्रबक्ता प्रकाण्डले भइरहेको कालोबजारी, नेपाल आयल निगमलाई धरासायी हुन गरी दिएको अनुमतिका विरुद्ध चैत्र १ गते काठमाडौँमा विरोध प्रर्दशन गर्ने विज्ञप्तिमार्फत बताएका छन् । साथै पार्टीका दैलेख सेक्रेटरीलाई प्रहरीले गरेको गिरफ्तारीप्रति आपत्ति जनाउँदै रिहाईका माग गरेका छन् ।

विज्ञपितको पूर्णपाठ

भारतीय नाकन्दीलाई वाहाना बनाएर ओली सरकार र ठूला भनिने संदसदवादी दलका नेताहरुको मिलिभगतमा देशको इन्धन र ग्यास आपूर्तिको जिम्मा भएको नेपाल आयल निगमको क्षेत्राधिकार र दायित्व कटौंती गरी निजी कम्पनी मालिक, पोट्रोलिमेक्र्स र विराटलाई दिने गरेको निर्णय र विराट कम्पनीलाई नेपाल आयल निगमबाट ९९ रुपंैयामा उपभोक्ताले प्राप्त गरी राखेको पेट्रोललाई १३० रुपंैयामा बिक्री गर्न दिएको अुनमति र व्यवस्थाप्रति हाम्रो पार्टीको ध्यान गम्भीर रुपमा आक्रसित भएको छ । उक्त सरकारी निर्णय र व्यवस्थाको हाम्रो पार्टी घोर निन्दा र भत्र्सना गर्दछ ।

भारतसँग चिसिएको सम्बन्ध सुल्झियो, नाकाबन्दी खुल्यो र आपूर्ति सहज भयो भनेर नथाक्ने ओली सरकारले अहिलेसम्म आउँदापनि इन्धन ७०% र ग्यास ५५% भन्दामाथि आपूर्ति व्यवस्था गर्न सकेको छैन । अन्य आपूर्तिका बस्तुपनि सहज हुन सकेका छैनन् । राष्ट्र र नेपाली जनताको जीवन झन्पछि झन संकटग्रस्त हुँदै गईराखेको छ ।

निजी कम्पनीहरुलाई इन्धन र ग्यास आपूर्तिको जिम्मा दिएर सरकार र संसदवादी दलका नेताहरुले देशको नेपाल आयल निगमको अस्तित्वलाई धरापमा पार्ने, निजीकरणलाई प्राथमिकता दिने, भ्रष्टाचार, कमिशन एवं कालोबाजरको खेलो गर्ने र नेपाली उपभोक्तामाथि चर्को मूल्य थोपरेर शोषण गर्ने राष्ट्रघाती एवं जनविरोधी उद्देश्य अन्तरनिहित भएको प्रष्ट हुन्छ । यसर्थ इन्धन आपूर्तिको निजीकरण र पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध हाम्रो पार्टीले चैत्र १ गते दिउँसो १ बजे रत्नपार्कमा विशाल विरोध प्रर्दशन कार्यक्रमको आयोजना गरेको छ । उक्त विरोध प्रदर्शन कार्यक्रमलाई सफल पार्न सहभागिताको निम्ति न्यायप्रेमी नेपाली जनतामा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादी हार्दिक आह्वान गर्दछ । सरकारले इन्धन र ग्यास आपूर्तिको जिम्मा निजी कम्पनीलाई दिने निर्णय खारेज गरेन र वृद्धि गरिएको इन्धनको मूल्य घटाएन भने आगामी दिनमा यो भन्दा कडा संघर्षका कार्यक्रम दिन हाम्रो पार्टी बाध्य हुने समेत अवगत गराउदँछाँै ।

न्ःच् कम्पनीको गाडीमाथि दैलेख जिल्लाको रामघाटमा भएको कारबाहीलाई बहाना बनाएर हाम्रा पार्टीका दैलेख जिल्लाका सेक्रेटरी क.विवेकलाई फाल्गुण २७ गते राती घरमा सुतिराखेको अवस्थामा दैलेख जिल्ला प्रहरीले गिरफ्तार गरेको घटनाको हाम्रो पार्टी घोर बिरोध गर्दछ । उहाँको शिघ्र रिहाइको माग गर्दछ । अन्यथा स्थिति गम्भीर हुनेसमेत अवगत गराउँदछ ।

धन्यवाद । प्रकाण्ड प्रवक्ता २९ फागुन ०७२

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप