शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कसले बुझ्ने करदाताका यी गुनासा ? कहिले सचेत हुन्छ आन्तरिक राजश्व विभाग ?

आइतबार, ३० फागुन २०७२, १० : ०३
आइतबार, ३० फागुन २०७२

कर अर्थात कुनै पनि व्यापार व्यवसाय गर्नेले राज्यलाई अनिवार्य रुपमा तिर्नुपर्ने रकम । अनिवार्य हुँदाहुँदै पनि विभिन्न ठाउँमा कर छली भइरहेका समाचारहरु नौला होइनन् । राजनीतिक सम्रक्षणमा होस् वा बद्नियत ढंगले विभिन्न क्षेत्रमा कतिपय व्यापारी वा व्यवसायीले कर छल्दै आएका छन् । तर राज्यलाई समयमै तिर्नुपर्ने कर तिर्ने वा तिर्न खोज्नेहरुलाई समेत राज्यले प्रोत्साहन गर्नुको सट्टा अनेकौं समस्या थोपरिदिएको छ जसका कारण कर तिर्ने प्रक्रिया निकै झन्झटिलो हुने गरेको करादाताहरुको गुनासो छ । आन्तरिक राजश्व विभागको वेवसाइटमा समस्या नै समस्याः करदाताले सहज रुपमा कर बुझाउन पाउन् भन्ने उदेश्यका साथ सुरु गरिएको आन्तरिक राजश्व विभागको वेव साइट ( कर विवरण बुन्झाउने अन्तिम दिन वेव साइटमा झन् समस्या 

मूल्य अविवृद्धि कर (भ्याट) मा दर्ता भएका कुनै पनि व्यवसायले भ्याट विवरण कारोबार भएको महिना बितेको २५ दिन भित्र बुझाउनुपर्ने नियम छ । तर कुनै पनि महिनाको २५ गते आन्तरिक राजश्व विभागको वेवसाइट हेर्ने हो भने अनेकौं समस्याहरु देखिने गरेका छन् । कहिलेकाहीं त कर विवरण बुझाउने अन्तिम दिन कतैपनि साइट सहज रुपमा चल्दैन । २६ गते लागेपछि कर विवरण नबुझाएको जरिवाना तिर्नुपर्छ । करविज्ञ शेषमणि दाहाल भन्छन्, ‘आन्तरिक राजश्व विभागको वेव साइटमा निकै धेरै समस्या छ । एउटापनि समस्या नभई सहज रुपमा कर तिर्ने करदाता त भेट्टाउनै मुस्किल छ ।’ उनका अनुसार यो समस्या निकै पुरानो हो । उनी अगाडी भन्छन्, ‘करदाताको गुनासो आउन थालेको धेरै भइसक्यो । तर यो समस्या अझै समाधान भएको छैन । कागजी रुपमा गर्नुपर्ने सबैकाम अनलाइनबाटै हुनु निकै नै सकारात्मक कुरा हो । तर यो प्रक्रिया सहज हुनुपर्छ । करदाताले सहज रुपमा कर बुझाउन पाउनुपर्छ ।’ बैंकका कर्मचारीले ६ र ३ नचिन्दासमेत करदाताहरु मर्कामा कोटेश्वरका सुमन वाग्लेले केहि महिना अगाडी भ्याटबापतको तिर्नुपर्ने रकम करदाता सेवा कार्यालय कोटेश्वरमा रहेको एभेरेष्ट बैंकमा दाखिला गरे । तर त्यसको एक महिनापछि कर बुझाउन बाँकी भएको देखेपछि उनले आफुले कर बुझाएको भौचरसहित करदाता सेवा कार्यालय कोटेश्वर पुगे । पछि थाहा भयो, उनले भौचरमा लेखेको आफ्नो पान नम्बरमा ६ हुनुपर्ने ठाउँमा बैंकका कर्मचारीले ३ लेखिदिएका कारणले उनले तिरेको रकम सम्बन्धित ठाउँमा पुगेको नै रहेनछ । ‘तिरिसकेको कर पनि तिरेको छैन भन्दा अचम्म लाग्यो । पछी बुझ्दा बैंकका कर्माचारीले ६ र ३ नचिन्दा यस्तो समस्या आएको रहेछ । सुन्दा अचम्म र रमाइलो लाग्ने भएपनि भोग्दा त रुन्चे हाँसो पर्दोरहेछ ।’ उनले राटोपाटीसँग गुनासो पोखे । पछि आफ्नो गल्ती भएको भन्दै बैंकले करदाता सेवा कार्यालय कोटेश्वरलाइ पत्र लेखेपछि लागेको जरिवाना र ब्याज मिनाहा भएको उनको भनाइ छ । यद्यपी उनले भोगेको यो समस्या नौले भने होइन। बैंकक कर्मचारीहरुले ६ र ३ नचिन्ने वा पान नम्बरलाई लिएर गर्ने गरेको गल्ती पुरानै गल्ती हुन् । यसबारे रातोपाटीले प्रश्न गर्दा एभेरेष्ट बैंकका एक कर्माचारी भन्छन्, ‘पूराना पान नम्बरहरु हेर्ने हो भने अंक ३ बाट सुरु हुन्छ भने नयाँ पान नम्बरहरु अंक ६ बाट सुरु हुन्छ । बैंकमा निकै भिड लागेका बेला यस्ता कमजोरीहरु हुने गरेका छन् ।’ करदाता सेवा कार्यालयकै कर्मचारीपनि आजित : करदाताले बुझाउनु पर्ने विवरण बुझाउन नमिलेर, बुझाउनुपर्ने कतिपय कागजातका फाइलहरु बुझाउन नमिलेर एकातर्फ करदाताहरु समस्यामा छन् भने अर्कोतर्फ करदाता सेवा कार्यालयकै कर्मचारीपनि उनीहरुले गर्नुपर्ने काम गर्न नपाएर हैरान हुने गरेका छन् । आफ्नो नाम उल्लेख नगर्ने सर्तमा करदाता सेवा कार्यालय नयाँ बानेश्वरका एक कर्मचारी भन्छन्, ’ आन्तरिक राजश्व विभागको वेव साइटमा समस्या आउन थालेको धेरै भईसकेको छ । तर यो समाधान हुने छाँटकाँट भने छैन । वेव साइटमा समस्या हुनाले एकातर्फ करदाताले समस्या भोगिरहेका छन् भने हामीले समेत दिनुपर्ने जति सेवा दिन सकेका छैनौं ।’ उनका अनुसार कहिलेकाहीं ‘सिष्टम’ नै नचल्ने समस्या छ भने कहिलेकाहीं वेवसाइटमा कुनैपनि काम नहुने समस्या छ ।’ उनी अगाडी भन्छन्, ‘हामीलाई विवरण रुजु गराउने लगायतका काम गर्नका लागि छुट्टै ‘युजरनेम’ दिईएको हुन्छ । तर उक्त युजरनेम र पासवर्ड हाल्दा पनि कहिलेकाहीं खुल्नुपर्ने पेज नखुल्ने, साइटनै नचल्ने वा ‘ह्याङ’ हुनेजस्ता थुप्रै समस्याहरु देखिने गरेका छन् । ‘करदाताले कर विवरण बुझाउंछु भन्दापनि कहिले काहीं बुझ्न नसक्ने अवस्था छ । ‘साइट सुस्त गतिको भएकाले समेत हामीले दिनुपर्ने वा दिनसक्ने जति सेवा दिन सकिएको छैन ।’ उनी मात्र होइन, काठमाडौँका अधिकांस करदाता सेवा कार्यालका कर्मचारीहरुको गुनासो पनि उस्तै छ । करदाता सेवा कार्यालय पुतलीसडकका अर्का एक कर्मचारी भन्छन्, ‘वेव साइट सुस्त चल्नाले थोरै समयमा हुने काम गर्न समेत धेरै समय लागिरहेको छ ।’ दलालको फन्दामा पर्दा झनै समस्या काठमाडौँ टेकुमा बस्ने राकेश श्रेष्ठ त्यो बेलामा अचम्ममा परे जव उनले भ्याट विवरण बुझाउन सजिलो भएको र उक्त सेवा निस् शुल्क हुने गरेको थाहा पाए । उनले भ्याटमा दर्ता भएको आफ्नो फर्मको मासिक विवरण बुझाउनमात्र एक दालाललाइ रु ५०० तिरेका थिए । उनीमात्र होइन, काठमाडौँका विभिन्न करदाता सेवा कार्यलय वरीपरी आफुले सहज रुपमा काम सकिदिने भन्दै करदातालाई ठग्न बसेका ‘दलाल’ हरुका कारण थुप्रै करदाताहरु मर्कामा पर्ने गरेका छन् । विशेषगरी साना करदातालाई त्यस्ता दालालहरुले ‘सिकार’ बनाउने गरेका छन् । यस्ता दलालहरुले भ्याट विवरण बुझाउनदेखि आयव्यव विवरण बुझाएको समेत अनावश्यक रकम लिने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप