मध्यरातमा मन्त्री क्वार्टर किन छिरे प्रधानमन्त्री ?
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली शनिबार मध्यरातमा एक्कसी बालुवाटरबाट मन्त्री क्वार्टर पुलचोक पुगेका छन् । सिमित सुरक्षाकर्मीका साथमा प्रधानमन्त्री ओली राती करिब ११ बजे मन्त्री क्वाटर पुगेका हुन् । स्रोतका अनुसार मन्त्री क्वार्टर पुगेर मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री विजय गच्छदारसँग प्रधानमन्त्रीले भेट गरेका छन् । स्रोत भन्छ, ‘दुई वटा गाडीमा प्रधानमन्त्रीज्यु आउनुभएको थियो । सुरक्षाकर्मीहरु पनि सिभिल ड्रेसमा नै थिए ।’ प्रधानमन्त्री र गच्छदारबीच एक घण्टा लामो छलफल भएको छ । शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएसँगै सरकार परिर्वतनको कुरा चल्न थालेको छ । यही विषयमा केन्द्रीत भएर दुईबीच छलफल भएको बुझिएको छ । यही सरकारलाई कसरी राष्ट्रिय सहमतीको सरकार स्वरुप दिन सकिन्छ भन्ने विषयमा प्रम ओली र गच्छदारबीच छलफल भएको बताइएको छ । नेपाली कांग्रेसमा रहँदा गच्छदार देउवा निकट थिए र यसपटकको चुनावमा पनि उनले देउवालाई सहयोग गरेको स्रोतको दाबी छ । कांग्रेस महाधिवेशन पछि गच्छदारको झुकाव कांग्रेसतिर बढेको टिप्पणी समेत हुन थालेको छ । यता, सरकार परिर्वतनको विषयले प्रधानमन्त्री ओलीलाई तनाव थपिएको छ । त्यही भएर पछिल्लो समय उनी हरेक भाषणमा ‘सरकार परिर्वतन’ नहुने कुरा दोहोराउँदै आएका छन् । कांग्रेस महाधिवसेन शुरु हुने बित्तिकै उनले यही आसयको ट्वीट समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण