शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

विवादास्पद सांसद ल्यारक्याल लामा १४ थान गोलीसहित पक्राउ

आइतबार, ३० फागुन २०७२, १४ : ५२
आइतबार, ३० फागुन २०७२

काठमाडौं– एमाओवादीको कोटाबाट सांसद  बनेका विवास्पद व्यक्ति ल्यारक्याल लामा १४ थान गोलीसहित पक्राउ परेका छन् । दरबारमार्गमा रहेको इनभेष्टमेन्ट बैंकको शाखामा उनको नाममा रहेको लकर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाँच गर्दा १४ थान थोली भेटिएको हो । बैंकमा गएर लकर खोल्दा सुनचाँदी राख्ने स्थानमा १४ थान गोली भेटिएको अख्तियार स्रोतले जनाएको छ । उनलाई तत्काल अख्तियारले नियन्त्रणमा लिएर दरबारमार्ग प्रहरीमा बुझाएको छ । प्रहरीले उनीमाथी हातहतियार तथा खरखजाना मुद्दा चलाउने भएको छ ।

अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको थियो । छानविनकै क्रममा आइतबार बैंकमा रहेको लामाको लकर खोल्दा सो गोली भेटिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप