कर्णालीका ६२ स्थानीय तह र ३८० वडामा रास्वपाको सङ्गठन विस्तार, सदस्यता लिनेको सङ्ख्या १ लाख नाघ्यो
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गत फागुनको चुनावपछि देशको प्रमुख राजनीतिक दल बनेसँगै कर्णालीमा सङ्गठन विस्तार तीव्र बनाएको छ । चुनाव अघिसम्म सबै जिल्ला, स्थानीय तह र वडासम्म नपुगेको रास्वपा चुनावपछि प्रदेशका ६२ वटा स्थानीय तहसम्म पुगिसकेको छ ।
रास्वपा कर्णाली प्रदेशका सह–महामन्त्री तथा सङ्गठन विभाग प्रमुख राजबहादुर शाहका अनुसार हालसम्म प्रदेशका ७९ वटा स्थानीय तहमध्ये ६२ वटामा पार्टी कमिटी विस्तार भइसकेको छ । साथै, ७१८ वडामध्ये ३८० वडामा पार्टी सङ्गठन विस्तार भएको पनि उनले बताए ।
रास्वपा प्रमुख दल बनेसँगै आबद्धता पनि बढेको उनले बताए । उनका अनुसार कर्णालीमा रास्वपाको सदस्य सङ्ख्या १ लाख २ हजार २८६ पुगेको छ ।
५४ स्थानीय तहमा अधिवेशन सम्पन्न
सङ्गठन विभागका अनुसार हालसम्म प्रदेशका ५४ वटा स्थानीय तहमा प्रथम अधिवेशन सम्पन्न भइसकेको छ । २० वटामा भेला हुन बाँकी छ । विशेषगरी हिमाली जिल्लामा पालिका तथा वडा अधिवेशन हुन सकेका छैनन् । २८४ वटा वडामा भेला सम्पन्न भएका छन् भने ४६० वटा वडामा अधिवेशन हुन बाँकी रहेको सङ्गठन विभाग प्रमुख शाह बताउँछन् ।
१० जिल्लामध्ये डोल्पा र हुम्लामा अधिवेशन नभएको पनि उनले बताए । ‘हुम्ला र डोल्पामा अहिले यार्सा टिप्ने सिजन भएकाले वडा, पालिका अधिवेशन हुन नसकेकाले जिल्ला अधिवेशन हुन सकेन,’उनले रातोपाटीसँग भने, ‘डोल्पामा जिल्ला भेला वैशाखमा भएको हो, हुम्लामा पहिले नै भएतापनि पार्टीको वडा पालिकामा विस्तार कम भएको छ ।’
प्रतिनिधिसभा निर्वाचन भन्दापछि पार्टीको लोकप्रियता बढेकाले सदस्यता बढिरहेको उनले बताए । साथै, अब बाँकी रहेका जिल्ला, वडा र पालिकाको अधिवेशन महाधिवेशन पछि हुने शाह बताउँछन् ।
‘प्रदेश र केन्द्रको योजना नै अहिले महाधिवेशन सम्पन्न गर्नु हो,’ उनले थपे । यस्तै, रास्वपा कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन जेठ ३१ गते वीरेन्द्रनगरमा हुँदै छ । शुभ होटलमा आयोजना गरिएको अधिवेशनमा नेतृत्वका लागि आकाङ्क्षीको सङ्ख्या धेरै छ ।
अन्य प्रदेशको तुलनामा चुनावमा रास्वपा कर्णालीमा कमजोर देखिएको थियो । यद्यपि समानुपातिकमा दोस्रो स्थान मत ल्याएकाले आकर्षण बढेको रास्वपा नेताहरू बताउँछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
-
दिपक भट्टको बयान, ‘दुबई र सिंगापुरमा घर किनेको छैन’
-
इप्पान कार्यसमिति निर्वाचनः एक उपमहासचिवसहित पाँच सचिव निर्विरोध निर्वाचित
-
सम्पत्ति शुद्धीकरणको आरोपमा सुलभ अग्रवालको इन्कारी बयान: 'ब्रोकरबाट सापटी मात्र लिएको हुँ'
-
दीपक भट्टको घर खानतलासी, भेटिए डलर थाई भाट
-
नेसनल कलेजले सुरु गर्यो अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिसम्बन्धी ‘बर्ड’ कार्यक्रम सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण