एकान्त कुमारीको बेलविवाह हुने
भक्तपुर-जीवित देवीका रुपमा पूजिदैं आएको भक्तपुर तलेजुको एकान्त कुमारी जुनिशा शाक्यको बेलविवाह हुनेभएको छ । आगामी चैत ११ र १२ गते कुमारीको बेलविवाह हुने भएपछि भक्तपुरमा कुमारी रिक्त रहने भएको छ ।
भक्तपुरको एकान्त कुमारीमा उनलाई सात वर्षको उमेरमा छनोट गरी २०७० साल साउन २१ गते तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीको सिफारिसमा गुठी संस्थानले नियुक्ती गरेको थियो । तलेजु कुमारीका लागि १० वर्ष नाघेर ११ वर्ष पुगेमा वा बेलविवाह गरेमा कुमारीबाट स्वतः अवकाश हुने प्रावधानअनुसार बेलविवाह भएसँगै कुमारी जुनिशाले अवकाश पाउनु हुनेभएको हो ।
भक्तपुर नगरपालिका–३ नागपोखरीस्थित जुजुरत्न शाक्यकी छोरी जुनिशा हाल द राईजिङ इङ्लीस स्कुलमा कक्षा ४ मा पढ्दै छिन् ।
तलेजु कुमारीका लागि भक्तपुरको बज्राचार्य वा शाक्य वंशीय कन्या मात्रकुमारी हुनुपर्ने परम्परा छ । भक्तपुरको बज्राचार्य वा शाक्य कन्या मात्र कुमारी हुनुपर्ने र कुमारी हुने कन्या सबै गुणले सम्पन्न, कुनै दाग, घाउँचोट नलागेको हुनुपर्ने, अपाङ्ग भएको नहुने र कुमारी खोज्दा कुमारीका बन्न इच्छुक कन्यालाई परिवारको स्वीकृतिमा कुमारीको फूल टाउँकोमा राखेपछि बिरामी नपरेमा यस्ती कन्यालाई कुमारीको लागि छनोट गरिने परम्परा रहेको तलेजुका मूल नाइके जोशीले बताए ।
सुसारेले कुमारीको लागि उपयुक्त कन्या खोजेपछि तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले उपयुक्त दिन ठह¥याई सिफारिस गरेपछि गुठी संस्थानले ती कन्यालाई एकान्त कुमारीमा नियुक्ती गर्ने परम्परा छ । भक्तपुरका लागि आगामी दसैँ अगाडि नै नयाँ कुमारीको खोजी गर्नुपर्ने भएको छ ।
बहालवाला कुमारीलाई कौशीतोखानाबाट दुई हजार २५० र गुठी संस्थानबाट ४५० गरी दुई हजार ७०० मा मासिक भत्ता दिइने व्यवस्था भएको र कुमारीबाट अवकाश पाएपछि पूर्वकुमारीलाई कौशीतोसा खानाबाट एक हजार र गुठी संस्थानबाट १०० गरी मासिक रु एक हजार एकसय पारिश्रमिक दिने व्यवस्था भएको जोशीले बताए ।
एकान्त कुमारीका सुसारे नाइकेले आवश्यक प्रक्रिया पूरा गरेपछि कुमारीका लागि योग्यकन्या छनोट गर्ने कार्य मूल नाइके जोशीले गर्ने परम्परा छ । एकान्तकुमारी छनोट भएपछि दसैको घटस्थापनादेखि पूर्णिमासम्म कुमारी घरमा बस्नुपर्छ ।
अन्य दिन आफ्नै परिवारसँग बस्न पाउने र विद्यालय जान पाउने व्यवस्था गरिएको छ । नेस।६११ मा कुमारी पूजीने चलन सुरु भएको इतिहास भए पनि अहिलेसम्म कतिजना कुमारी बने भन्ने तथ्याङ्क छैन । गुठी संस्थानले २०४१ सालबाट कुमारीलाई भत्ताको व्यवस्था गरे यता भने २०४० मा गीता बज्राचार्य, २०४७ मा पद्मुसमना शाक्य, २०५१ मा नीलम बज्राचार्य, २०५६ मा सजनी शाक्या, त्यसपछि श्रीया बज्राचार्यले कुमारीको जिम्मेवारी सम्हालृकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण