महिला शक्ति : शुरु भयो विश्व महिला सम्मेलन (फोटोफिचर)
काठमाडौं – दोस्रो विश्व महिला सम्मेलन आइतबारदेखि काठमाडौंमा शुरु भएको छ । ‘विश्वका महिला सर्वोच्च शिखर चुम्दैछन्’ भन्ने मूल नाराका साथ फागुन ३० गतेदेखि चैत ५ गतेसम्म चल्नेछ । कार्यक्रमको अवसरमा भृकुटीमण्डपबाट र्यालीको आयोजना गरिएको थियो । उक्त र्याली भृकुटीमण्डपबाट शहिद गेट, नयाँ सडक, जमलहुँदै प्रज्ञा प्रतिष्ठान कमलादी पुगेर टुंगिएको थियो । प्रज्ञा प्रतिष्ठानमा सभामुख ओनसरी घर्तीले दियो बालेर कार्यक्रमको शुरुवात गरिन् ।
सम्मेलनमा नेपाल, भारत, भेनेज्युएलालगायत विश्वका ४७ देशका ७०० प्रतिनिधिको उपस्थिति रहने सम्मेलन प्रचार विभाग प्रमुख मीना पुनले जानकारी दिएकी छिन् ।
नेपालबाट नेकपा एमालेनिकट अखिल नेपाल महिला सङ्घ, राष्ट्रिय जनमोर्चा नेपाल निकट अखिल नेपाल महिला सङ्घ, एमाओवादी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी, नेकपा क्रान्तिकारी माओवादी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी, नेकपा माले निकट अखिल नेपाल प्रगतिशील महिला सङ्घ, नेकपा संयुक्त निकट अखिल नेपाल महिला सङ्घ फेडेरेसनको सहभागिता रहनेछ ।
सम्मेलनमा साम्राज्यवाद, पुँजीवाद, र महिलामाथिको उत्पिडन, महिला आन्दोलन र महिलावाद, युद्धको आक्रामकता र महिला मुक्ति, स्वाधिनताको लडाईमा महिलाको भूमिका, श्रमिक वर्गीय आन्दोलन, युनियनको सङ्घर्षमा श्रमिक महिलाको भूमिका, युवा महिला र राजनीतिमा युवा महिलाको सहभागिता र महिला मुक्तिको लागि सङ्घर्षलगायतका नौ वटा विषयमा छलफल हुनेछ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने सो सम्मेलनको उद्घाटन सभामुख ओनसरी घर्तीले गर्ने कार्यक्रम रहेको छ । सम्मेलनभर हरेक साँझ विभिन्न देशले छुट्टाछुट्टै सांस्कृतिक कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएको छ । सम्मेलनले काठमाडौँ घोषणापत्र जारी गर्नेछ । सम्मेलनमा नेपालबाट सात कम्युनिष्ट राजनीतिक दलका ३५० र विदेशी ३५० जनाको उपस्थिति रहनेछ । हरेक पाँच वर्षमा हुने सम्मेलनमा पहिलो विश्व महिला सम्मेलन सन् २०११ मा भेनेज्युएलामा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण