शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

महिलाहरु अब कमजोर छैनन् : सभामुख घर्ती

आइतबार, ३० फागुन २०७२, १७ : ५७
आइतबार, ३० फागुन २०७२

काठमाडौं – सभामुख ओनसरी घर्ती मगरले विश्वमा महिला अब कमजोेर नभएको बताएकी छिन् । उत्पिडन महिलाहरु पनि अब सशक्त बन्दै अगाडि बढिरहेकोमा आफुलाई अघि बढ्न थप प्रेरणा मिलेको उनले बताइन् । राजधानीमा आजबाट सुरु भएको दोस्रो विश्व महिला सम्मेलनमा बोल्दै ओनसरीले सो क्ुरा बताएकी हुन् । आजसम्म महिलाका हक अधिकारहरु संविधानको कागजै सिमित भएको तर अब आफ्नै नेतृत्वमा महिलाका अधिकारहरु सशक्त ढगंले कार्यान्वयन गर्ने उनले प्रतिबद्धता जनाइन् । कम्युनिष्ट पार्टी निकट महिला संगठनआबद्ध सयुंक्त महिला संघले न आयोजना गरेको सम्मेलनमा विश्वभरबाट ४६ देशका महिलाहरुको सहभागिता रहेको छ भने झण्डै ४ हजार महिलाहरुको भेला भएका छन् । साम्राज्यद्वारा महिलामाथि गरिने शोषणका रुपहरुको अध्ययन गर्दै त्यसलाइ हटाउन एक साथ आवाज उठाउने र महिलाका समस्याहरुलाई विश्वव्यापीकरण गर्ने सम्मेलनको उद्देश्य रहेको आयोजक महिलाहरुले बताएका छन् । महिलाहरु सर्वोच्च शिखर चढ्दै भन्ने मुल नाराका साथ आजबाट सुरु भएको उक्त महिला सम्मेलन आगामी १८ मार्चसम्म चल्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप