कर छलीमा नेयमार दोषी : साढे ५ अर्ब रुपैयाँ तिर्न अदालतको आदेश
काठमाडौं — ब्राजिलियन स्टार नेयमार कर छलीमा दोषी पाइएका छन् । ब्राजिलको अदालतले कर छलीमा नेयमार दोषी भएको ठहर गर्दै ३६ मिलियन पाउण्ड तिर्न आदेश दिएको हो । २४ वर्षीय नेयमारले सन् २०११ देखि १३ को बीचमा आफ्नो पूर्व क्लब सान्तोष र बार्सिलोन तथा नाइकीको व्यापार प्रबद्र्धनबाट आर्जन गरेको रकमबापतको कर नतिरेको अदालतको ठहर छ । अदालतको दस्तावेजको आधारमा नेयमारले सन् २०१२ देखि २०१४ मा आफ्नो पिताको व्यवसायको मद्दतबाट ११ मिलियन पाउण्ड कर छली गरेको पाइएको छ । रियो दि जेनेरियोको फेडरल कोर्टले सो रकममा ब्याज र जरिवानासहित २५ मिलियन पाउण्ड जोड्दै नेयमारलाई कुल ३६ मिलियन पाउण्ड जरिवाना तिर्न आदेश दिएको हो । अदालतको निर्णयबारे नेयमारले हालसम्म कुनै वक्तव्य जारी नगरे पनि उनले पटकपटक आफू निर्दोष भएको बताउँदै आएका छन् । उनले यो निर्णयविरुद्ध हाइकोर्टमा अपिल गर्न पाउनेछन् । गत महिना ब्राजिलको अदालतले उनको ३२ मिलियन पाउण्ड बराबरको सम्पत्ति फ्रिज गर्ने आदेश दिएको थियो । स्पेनमा पनि मुद्दा ब्राजिलमा जस्तै नेयमारले स्पेनमा पनि कर छलीको फरक मुद्दा खेपी रहेका छन् । सान्तोषबाट सन् २०१३ मा बार्सिलोना स्तानान्तरण हुँदा बार्सिलोनाले ४४ मिलियन पाउण्ड खर्चिएको बताए पनि सो रकम वास्तवमा ६५ मिलियन पाउण्ड रहेको बताइएको छ । उक्त रकमलाई नेयमारको पिताको कम्पनी प्रयोग गरेर कर छलेको आरोप नेयमार माथि लगाइएको छ । अघिल्लो महिना नेयमारसहित उनका पिता र बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेउलाई यस वर्षको शुरुवातमा स्पेनको हाई कोर्टमा उपस्थित गराइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका कारण प्रत्येक वर्ष प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण