बुद्ध धर्मसम्बन्धी अन्तर्राष्ट्रिय सम्मलेन जेठमा हुने
काठमाडौँ - नेपाललाई अन्तर्राष्ट्रिय ‘बौद्ध केन्द्र’को रुपमा विकास गर्ने उद्देश्यले आगामी जेठ ६, ७ र ८ गते काठमाडौँमा अन्तर्राष्ट्रिय बौद्ध सम्मलेन हुने भएको छ ।
सम्मेलनबारे जानकारी दिन प्रचारप्रसार उपसमितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले विश्व शान्तिका प्रवर्तक बुद्धको पवित्र जन्मस्थललाई संसारका सामु अझ बढी चिनाउन सम्मेलन गर्न लागिएको बताए ।
उनले भने – “ती क्षेत्रमा अमूल्य सम्पदाका साथै विश्व शान्ति तथा निर्वाण प्रदान गर्ने बुद्धको शिक्षालाई उहाँकै जन्मस्थलमा सरकारबाटै व्यापक प्रचार गरी सम्पूर्ण जगत्को कल्याण र सद्भाव बढाउने हेतुले यो अन्तर्राष्ट्रिय गोष्ठीको आयोजना गर्न लागिएको हो ।’’
मन्त्रिपरिषद्को २०७२ माघ २० गतेको बैठकले प्रधानमन्त्रीको अध्यक्षतामा ५०१ सदस्यीय समारोह समिति र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा कार्यसमिति गठन गरी सम्मेलनको तयारी सुरु गरिसकेको छ ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु निग्रोध सिद्धार्थले सम्मेलनले लुम्बिनीलाई विश्वको आध्यात्मिक केन्द्रका रुपमा विकास गर्ने र नेपालमा धार्मिक एवम् सांस्कृतिक पर्यटनको विस्तार तथा प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
‘लुम्बिनी नेपाल–बुद्धको जन्मस्थल र बौद्धवादको उत्पत्तिस्थल हो’ भन्ने मूल नारालाई विश्वका सामु स्थापित गर्न सम्मेलनले सहयोग पु¥याउने बताइएको छ । सम्मेलनका लागि सरकारले संयुक्त राष्ट्र सङ्घका महासचिव, मित्रराष्ट्रका राष्ट्रका राष्ट्रप्रमुख, संस्कृति एवम् धार्मिक मामिलासम्बन्धी मन्त्री, उच्चपदस्थ प्रतिनिधिहरु र बौद्ध गुरुलाई आमन्त्रण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण