संसदीय समितिद्वारा राष्ट्रिय निकुञ्जको अनुगमन
चितवन - व्यवस्थापिका–संसद्को वातावरण संरक्षण समितिले चितवनको सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौली र चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा रहेका अखेटोपहारको अनुगमन गरेको छ । टोलीमा वन मन्त्रालय, वन विभाग, निकुञ्ज विभाग, प्राकृतिक संरक्षण कोषलगायतका प्रमुख एवम् प्रतिनिधिहरुको समेत सहभागिता रहेको छ ।
समितिका सभापति जनकराज चौधरीको नेतृत्वको टोलीले चितवन राष्ट्रिय निकुञ्ज केन्द्रीय भण्डारण कसरा तथा सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीमा रहेको अखेटोपहारको स्थलगत अध्ययन तथा निरीक्षण प्रतिवेदन पाएसँगै स्थलगत रुपमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा सभापति चौधरीले सङ्कलित अखेटोपहारलाई शैक्षिक, अनुसन्धान र सङ्ग्रहालयका लागि संरक्षण गर्न सकिनेबाहेकलाई नष्ट गरिने बताए । ती अखेटोपहार बहुमूल्य भए पनि बिक्री वितरण गर्दा चोरीसिकारीलाई प्रश्रय मिल्ने हुँदा बिक्री वितरण भने नगरिने उल्लेख गरे ।
समितिका सचिव रवि शर्माले साइटिसको सिद्धान्तअनुरुप अखेटोपहारलाई विभाजन गरेर संरक्षण र नष्ट गरिने बताउनुभयो ।
वन विभागका सहसचिव विजयराज पौडेलले संसदीय समितिको स्थलगत अवलोकनपछि दिइने प्रतिवेदनका आधारमा अखेटोपहार के गर्ने भन्ने विषयमा निर्णयका लागि मन्त्रिपरिषद्मा पेस हुने बताए ।
वन विभागअन्तर्गतका कार्यालयबाट सङ्कलित अखेटोपहार टिकौलीमा र निकुञ्ज विभागअन्तर्गतका निकुञ्ज र आरक्षबाट सङ्कलित अखेटोपहार कसरामा भण्डारण गरिएको छ ।
लामो समयदेखि जम्मा भएका दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडाको खाग, पाटे बाघको छाला, जङ्गली हात्तीका दाह्रालगायतका जीवजन्तुका अङ्ग भण्डारण गरिएको छ ।
जीवजन्तु मरेमा या मारिएमा उनीहरुका हाड, छाला झिकेर सुरक्षित राख्ने प्रचलन छ । त्यस्तै, तस्करहरुबाट बरामद भएका अङ्गहरु पनि सङ्कलन हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण