मजदूर निकाल्न खोजिएपछि रोकियो मेलम्चीको काम
आइतबार, ०७ चैत २०७२, २० : १४
काठमाडौँ– मेलम्ची खानेपानीको सुरुङ निर्माणमा काम गरिरहेका कामदारलाई निकाल्न खोजिएपछि काम रोकिएको छ ।
सुन्दरीजलमा काम गरेका टेकबहादुर खड्कालाई आज बिहान कामबाट निकाल्न खोजेपछि त्यहाँ काम गरेका करिब ५० कामदार आन्दोलनमा उत्रेका हुन् । कम्पनीले चोटपटक लाग्दा थोरै बिदा दिने, कामदारको उपचारमा कम्पनीले बेवास्ता गर्ने, धेरै समय काममा लगाउने गरेको गुनासो समेत पोखे । सुरुङ निर्माणको काम सिएमसी कम्पनीले लिएको छ ।
स्थानीय कामदार लक्ष्मण श्रेष्ठले कम्पनीले आफ्ना मान्छेलाई काममा लगाउनका लागि आफूहरुलाई निकाल्न लागेको आरोप लगाए ।
कम्पनीका प्रबन्धक सूर्य शाहले कामदारलाई तलब बढाइदिएकाले तिनले काममा अवरोध गर्न नहुने बताउँदै कम्पनीको आन्तरिक विषय वार्ता र छलफलबाट टुङ्ग्याइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण