शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कतारका गुरुङद्धारा घरआँगनलाई आर्थिक सहयोग

आइतबार, ०७ चैत २०७२, १५ : ०८
आइतबार, ०७ चैत २०७२

काठमाडौं–कतारमा व्यवसाय संचालन गरिरहेका नेपाली व्यवसायी तथा समाजसेवी उत्तम गुरुङले राजधानीमा रहेको घरआँगन नेपाललाई आर्थिक सहयोग गरेका छन् । उनले सोही संस्थामा आइतबार पुगेर त्यहाँ रहेका अपाङ्ग तथा अनाथ बालबालिकाका लागि एक लाख एक हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरे । गत फेब्रुअरीमा कतारमा आयोजित साँगीतिक कार्यक्रमबाट उठेको रकम घरआँगनलाई प्रदान गर्ने भनिएता पनि कार्यक्रमबाट उल्टै घाटा लागेपछि गुरुङले आफैं उक्त सहयोग गरेका हुन् । काठमाडौं चण्डोलमा रहेको घरआँगनमा ११ जना अनाथ बालबालिका र ३ जना अपाङ्ग महिलापुरुष रहेका छन् । दाताहरुले सहयोगले अहिले १४ जनालाई संस्थामा राख्न सफल भएको घर आँगनका संचालन दिपक सिलवालले जानकारी दिए । उनले भने–‘बेलाबेलामा सहयोग आइरहेता पनि कतारबाट उत्तमसरले दिनु भएको सहयोग अहिलेसम्म कै ठूलो हो ।’ सामाजिक काम गरिरहेको संस्थालाई केही हदसम्म सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै गुरुङले भने–‘कमाएको केही प्रतिशत सामाजिक कार्यमा यसरी सहयोग नै गर्दै जानेछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप