शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

श्रीमतीको साथमा रहेका प्रहरी जवानको ठक्करबाट मृत्यु, श्रीमती घाइते

आइतबार, ०७ चैत २०७२, १६ : ३६
आइतबार, ०७ चैत २०७२

वीरगन्ज–भारतको रक्सौलबाट इन्धन लिएर अमलेखगंजतर्फ जाँदै गरेको ना२ख. ५३२५ नम्बरको ट्यांकरले आज अपराह्न्न वीरगन्ज गण्डक बाइपास सडक खण्डको ब्रह्म चोकमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।

तीव्र गतीमा रहेको ट्यांकरले ना९प १४८९ नम्बरको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिँदा मोटरसाईकलमा सवार रहेका पर्साको पटेर्वा सुगौली प्रहरी चौकीमा कार्यरत प्रहरी जवान लक्ष्मण प्रसाद यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

वीरगन्जमा श्रीमतीलाई उपचार गराई चौकीतर्फ फर्किदैं गरेको प्रहरी जवानलाई ट्याकरले अपराह्न्न २ बजेर १५ मिनेटको सयममा पछाडिबाट ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ट्याकरको ठक्क्रबाट मोटरसाइकलमा सवार रहेकी प्रज यादवकी श्रीमती लक्ष्मीदेवी यादव समेत घाइते भएकोे प्रहरीले जनाएको छ ।

घाइते श्रीमती यादवको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उचार भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याकर जिल्ला प्रहरी कर्यालय पर्साको नियनत्रणमा राखिएको छ । मृतक यादवको शव परिक्षणका लागि उपक्षेत्रीय अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप