शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पञ्चाङ्ग निर्णायक समितिको स्वीकृतिबिनै बजारमा ‘क्यालेन्डर’

आइतबार, ०७ चैत २०७२, १७ : ०८
आइतबार, ०७ चैत २०७२

काठमाडौं– नयाँ साल २०७३ आउन तीन साता बाँकी हुँदा बजारमा पञ्चाङ्ग निर्णायक समितिको स्वीकृतिबिनै धमाधम बजारमा क्यालेन्डरहरु विक्रि वितरमण भइरहेको पाइएको छ । ती पात्रोहरुमा संवत्सर, गुरु–शुक्रको उदायास्त, ब्रतबन्ध, विवाहका मुहूर्तहरुलगायत विभिन्न चाडवर्पहरु समितिबाट स्वीकृत पञ्चाङ्गमा भन्दा फरक र शास्त्रविरुद्व देखिएकाले सर्वसाधारण जनतालाई भ्रम तथा अन्यौल सिर्जना गर्ने काम भएको समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले एक विज्ञप्ती जारी गर्दै मनपरी रुपमा निकालेर बजारमा विक्रि वितरण हुँदै आएको पात्रोहरुमा विस्वास नगर्न आग्रह गरेका छन् । ‘नेपाल पञ्चाङ्ग निर्णायक समितिले २०७३ सालको पञ्चाङ्ग स्वीकृत गर्दासम्म नेपाल सरकारबाट २०७३ सालको बिदाको निर्णय नभएको हुँदा यस समितिले कुनैपनि पञ्चाङ्गका पञ्चाङ्गकारहरुलाई बिदाको सूचि उपलब्ध नगराएको कुरा सबैमा सूचित गरिन्छ ’, विज्ञप्तीमा भनिएको छ, ‘ यस्ता पञ्चाङ्ग, भित्तेपात्रो को भर नपरी यस समितिबाट स्वीकृत पञ्चाङ्गहरुको मात्र प्रयोग गर्नु हुन अनुरोध गरिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप