स्वर्गीय गिरिजाप्रसाद कोइराला शान्तिका अग्रदूत
पोखरा–नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला शान्तिका अग्रदूत भएको एक कायक्रमका वक्ताले वताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्धारा शनिवार आयोजित स्वर्गीय गिरिजाप्रसादको सातौं स्मृति दिवसको अवसरमा वोल्ने वक्ताहरुले सो कुरा वताएका हुन् । कार्यक्रममा वोल्दै सभासद शारदा पौडेलले स्वर्गीय गिरिजाप्रसाद कोईरालाले नेपालमा शान्तिको सन्देश छरेर गएको वताईन् । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले पार्टीका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोईरालालाई पार्टीले संम्झन नसकेपनि प्रेस युनियनले सम्झेको प्रति आभार व्यक्त गरे । गिरिजाको स्मृति दिवसलाई पार्टीले यो पटक भूलेपनि अर्को वर्ष सम्झिने उनले वताए । युनियनका अध्यक्ष शिरोमणि वरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय महासचिव कमल पौडेल अथक, युनियनका पूर्व उपाध्यक्ष गंगाधर पराजुली, महासचिव अजयवावु शिवाकोटी, नेपाल पत्रकार महासंघ कास्कीका सचिव त्रिभुवन पौडेल, सल्लाहकार राजवहादुर गुरुङ, संस्थाका उपाध्यक्ष माधव रेग्मी र सचिव प्रकाशचन्द्र सापकोटाले आ आफ्ना भनाई राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण