शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ग्लोबल आईएमई बैंक र ट्रान्सफास्ट वल्ड वाईड मनि ट्रान्सफरबीच व्यवसायिक सम्झौता

आइतबार, ०७ चैत २०७२, १७ : २१
आइतबार, ०७ चैत २०७२
काठमाडौं– ग्लोबल आईएमई बैंक र ट्रान्सफास्ट वल्ड वाईड मनि ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आज सम्पन्न सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली र ट्रान्सफास्ट वल्ड वाईड मनि ट्रान्सफरको तर्फबाट निर्देशक समिर भिदहाटेले हस्ताक्षर गरे । सम्झौता अनुसार अब विश्वका १२० देशहरुमा रहेका ट्रान्सफास्ट वल्ड वाईड मनि ट्रान्सफरका एजेन्टहरु मार्फत विदेशमा रहेका नेपालीहरुले ग्लोबल आइएमई बैंकमा पैसा पठाउन सक्ने छन् । यसरी पठाएको पैसा देशभर रहेका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा तथा बैंकले नियुक्त गरेका व्यसायीक प्रतिनिधिहरु मार्फतबाट तुरुन्त भुक्तानी गर्न सकिने छ । ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै युएई, कतार, बहराईन, इण्डिया, अष्ट्रेलिया, जापान, मलेसिया, दक्षिण कोरीया लगायतका मुलुकहरुका बैंक तथा एक्स्चेन्ज हाउसहरु संगको सहकार्यमा रेमिट्यान्स कारोबारलाई विशेष प्राथमिकतामा राखी सेवा प्रदान गर्दै आईरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप