परमारलाई आईसीटी एक्सिलेन्स अवार्ड
काठमाडौं–बंगलादेशको सीटीओ फोरम र भारतको इन्फोकम इन्डियाले बंगलादेशमा आयोजना गरेको टीच समिट २०१६ मा नेपालका प्रमोद कुमार परमार आईसीटी एक्सिलेन्स अवार्ड २०१६ बाट पुरस्कृत भएका छन् । सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बिज्ञलाई उनीहरुले गरेको योगदानको आधारमा सो अवार्ड प्रदान गरिन्छ । सूचना तथा सञ्चार प्रविधिमा उनीहरुले गरेको योगदानका कारण मूल्य र ग्राहक सेवामा समेत केही नयाँ कार्यको थालनी भएको मानिन्छ । बंगलादेशको ढाकामा गत मार्च ११ र १२ मा सम्पन्न टेक समिटमा सो अवार्ड प्रदान गरिएको हो । यो वर्ष भारत, बंगलादेश, श्रीलंका, भुटान र नेपालका सूचना प्रविधिमा संलग्न एक÷एक जना ब्यक्तिलाई सो अवार्ड प्रदान गरिएको हो । परमारले मोबाइल मनी र मोबाइल बैंकिङका विषयमा सन् २००९ देखि नै विभिन्न देशमा संचालित सेमिनारमा कार्यपत्र प्रस्तुत गरेका थिए । परमार हाल नेपाल टेलिकमको ब्याकबोन प्रसारण निर्देशनालयको निर्देशक हुन् । नेपाल टेलिकमका विभिन्न विभागमा रहेर उहाँले लामो समयदेखि कार्य गरिरहेका छन् ।
परमारले सन् २००९ मा नयाँ दिल्ली, सन् २०१० मा हङकङ एवम् सन् २०११ मा युएईमा मोबाइल मनीका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । सन् २०११ मा श्रीलंकामा उनले मोबाइल बैंकिङका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । े
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण