शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

होलीमा उच्छृङ्खल गतिविधि रोक्न प्रहरीको विषेश योजना

आइतबार, ०७ चैत २०७२, १८ : ००
आइतबार, ०७ चैत २०७२

काठमाडौँ– फागु अर्थात होलीमा हुने उच्छृङ्खल गतिविधि रोक्न ट्राफिक प्रहरी महाशाखाले विशेष सडक सुरक्षा योजना तयार पारेको छ ।

राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले यस वर्ष फागुमा मादक पदार्थ सेवन गर्ने, तीव्र गतिमा सवारी साधन चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, हेल्मेट नलगाउने, ध्वनि प्रदूषण गर्ने, सवारीसाधनको प्रयोग गरी रङ हान्ने जस्ता गतिविधिलाई नियन्त्रण गर्न योजना तयार पारिएको जानकारी दिए । उनका अनुसार काठमाडौँ उपत्यकाका तीनै जिल्लाका नेपाल प्रहरीसँग ट्राफिक प्रहरीले संयुक्त रुपमा समन्वय गरी योजना कार्यान्वयन गर्ने छ । फागुको दिन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म उपत्यकाका ५३ स्थानमा संयुक्त जाँच गरिने महाशाखाले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विक्रमसिंह थापाले उपत्यकामा मौजुदा तीन हजार प्रहरी परिचालन हुने गरेकामा फागुको दिन थप दुई हजार प्रहरी परिचालन गरिने जानकारी दिए । उहाँका अनुसार इच्छाविपरीत लोला हान्ने, होहल्ला गर्ने र मादकपदार्थ सेवन गर्नेलाई सार्वजनिक मुद्दा चलाइने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप