देवघाट जोड्ने पुल निर्माण भए पनि सञ्चालन हुन सकेन
सोमबार, ०८ चैत २०७२, ०७ : ४९
चितवन– पवित्र तीर्थस्थल देवघाट जोड्न दासढुङ्गामा निर्मित मोटरेबल पुल निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन सकेको छैन ।
पुलबाट मुख्य राजमार्गसम्म जोड्ने २०० मिटर सडक निर्माणमा ढिलाइ हुँदा पुल सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको हो ।
यसअघि पुलको काम सम्पन्न हुनै लाग्दा २०७१ जेठ ११ गते हावाहुरीका कारण पुल ढलेपछि तीन पटक सम्पन्न गर्नुपर्ने मिति थप गरिएको थियो ।
डिभिजन सडक कार्यालय भरतपुरले २०६७ असार २४ गते अनक कन्स्ट्रक्सन प्रालिलाई रु १५ करोड ८१ लाख ७७ हजार ४०० मा २०७० असार २३ गतेसम्ममा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको कार्यालयका इञ्जिनियर शशाङ्क मिश्रले बताए ।
तोकिएको मितिमा काम सम्पन्न नहुने भएपछि दोस्रो पटक २०७१ असार १७ गते सम्पन्न गर्नुपर्ने भए पनि जेठ ११ गते हावाले संरचना ढलेपछि २०७२ असोज ३० गतेसम्मका लागि म्याद थप गरिएको थियो ।
यस समयमा पनि भूकम्प र नाकाबन्दीको कारण देखाउँदै निर्माण कम्पनीले काममा ढिलाइ गरेको हो । पुल र राजमार्गमा जोड्ने बाटोमा कल्भर्ट निर्माण गर्ने कामका विषयमा ठेक्कामा उल्लेख नभएपछि कसले गर्ने भनेर यकिन हुन नसक्दा पछिल्लो समय बाटोकै कारण पुल सञ्चालन हुन नसकेको मिश्रले बताए ।
चैत मसान्तसम्ममा काम सम्पन्न गर्ने तयारीमा निर्माण कम्पनी लागिपरेको इन्जिनियर मिश्रले बताए ।
कविलास गाउँ विकास समितिको दासढुङ्गाबाट तनहुँको देवघाट गाउँ विकास समितिमा जोड्ने १७६ दशमलव ५ मिटर लामो पुलको पूरै भाग १० मिटर चौडा छ । जसमा छ मिटरमा सवारीसाधनका लागि र दुवैतर्फ एक÷एक मिटर पैदल यात्रुका लागि छुट्याइएको छ ।
पवित्र तीर्थस्थल देवघाट जोड्ने झोलुङ्गे पुल रहे पनि पक्की पुल भने यो पहिलो हो । पुल बनेसँगै पवित्र तीर्थस्थल देवघाट जाने तीर्थयात्रु र स्थानीय बासिन्दालाई प्रत्यक्षरुपमा लाभ मिल्नेछ । तनहुँकै देवघाटसँग जोडिएका अन्य गाविसले पनि पुलबाट लाभ लिन सक्छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण