तीन महिनाका लागि रुकुम अन्धकार
सोमबार, ०८ चैत २०७२, ०८ : ००
रुकुम– रुकुममा तीन महिनाका लागि विद्युत् सेवा बन्द गरिएको छ ।
जिल्लाको स्यार्पू दह साना जलविद्युत् आयोजनाको पुनःनिर्माणका लागि काम सुरु भएपछि जिल्लाका आठ गाविस तीन महिनाका लागि अन्धकार भएका हुन् ।
विसं २०४४ मा निर्माण भएको जलविद्युत् आयोजनाको जापान सहयोग नियोग जाइकाले पुनःनिर्माणको काम सुरु गरेपछि विद्युत् सेवा बन्द भएको रुकुमेली विद्युत् ऊर्जा विकास उपभोक्ता समितिका कार्यालय प्रमुख रामबहादुर केसीले बताए ।
विगत एक वर्षदेखि पुनःनिर्माणको काम सुरु गरेको जाइकाले यसअघि आयोजनाको ड्याम निर्माणको काम सकिएपछि अब नहर मर्मत र मेसिन फेर्ने काम सुरु भएका कारण विद्युत् सेवा बन्द भएको केसीले उल्लेख गरे ।
जेठको दोस्रो सातासम्म नहरको काम र मेसिन फेर्ने काम सकिने भएकाले त्यसपछि मात्र विद्युत् सेवा सञ्चालनमा आउने छ ।
विद्युत् सेवा बन्द हुँदा सदरमुकाम मुसिकोटसहित जिल्लाका बाँफिकोट, स्यालापाखा, पिपल, झुला, मग्मा र छिवाङ गाविसका चार हजार बढी उपभोक्ता अन्धकारमा बस्नु पर्ने बाध्यतामा परेका छन् ।
पुनःनिर्माण पछि आयोजनाको क्षमताअनुसार विद्युत् उत्पादन हुने बताइएको छ ।
दुई सय ५० किलोवाटको क्षमता रहेको उक्त आयोजनाबाट हाल २०० किलोवाट मात्र विद्युत् उत्पादन हुँदै आएको प्रमुख केसीले बताए ।
मेसिन पुरानो हुनु, नहर जीर्ण बन्दा पानी चुहावट हुनुलगायतका कारणले क्षमताअनुसार विद्युत् उत्पादन हुन सकेको थिएन ।
तीन महिनासम्म विद्युत् सेवा बन्द भएपछि जिल्लामा सञ्चालन हुने उद्योगधन्दा, कलकारखाना, सबै ठप्प हुने भएका छन् । यसका साथै जिल्लाबाट प्रकाशनमा रहेको पत्रिकासमेत बन्द हुने भएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण