शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

इलाममा एक हजार ८४५ मतदाता थपिए

सोमबार, ०८ चैत २०७२, ०८ : ०२
सोमबार, ०८ चैत २०७२

इलाम– जिल्ला निर्वाचन कार्यालय इलामले यही फागुन दोस्रो सातादेखि सञ्चालन गरेको तस्बिरसहितको मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रमअन्तर्गत एक हजार ८४५ मतदाता थपिएका छन् ।

जिल्लाको ३० गविसमा फागुन १६ गतेदेखि सञ्चालन गरिएको उक्त कार्यक्रमबाट एक हजार ११६ जना पुरुष र १२९ जना महिलाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका कर्मचारी खेम राईले जानकारी दिए । विविध कारणले विगतमा सञ्चालित तस्बिरसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेका, विदेश गएकाका लागि लक्षित गरेर पुनः नामावली सङ्कलन गरिएको थियो । छुट भएकालाई जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय मङ्गलबारेमा पनि फोटो खिचाउन सक्ने व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । इलाममा एक लाख ८१ हजार ६८४ मतदाताले तस्बिरसहितको मतदाता नामावलीमा नाम दर्ता गराइसकेका छन् । जसमा पुरुष ९२ हजार ६७९ जना, महिला ८९ हजार तीन जना र २ जना तेस्रो लिङ्गी मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लाका अन्य गाविस र नगरपालिकामा भने घुम्ती शिविरमार्फत नै नामावली सङ्कलन गरिने कार्यालयले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप