बसको ठक्कर बालकसहित २ को मृत्यु
सोमबार, ०८ चैत २०७२, ०८ : ११
दाङ– बसले मोटरसाइकललाई ठक्कर दिँदा दाङमा एक बालक सहित २ को मृत्यु भएको छ । २ जना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा तुलसीपुर १ रानागाउ निबासी अन्दाजि ६० वर्षिय फुर्सी खत्रि र सोहि ठाउका वर्ष ९ बर्षका बालक बरुण थापा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक रामबहादुर जिसीले जानकारी दिए । मृतक खत्री मोटरसाइकलमा सबार थिए भने बालक बटुवा हुन् । यस्तै गम्भीर घाइते मोटरसाइकल चालक राम बहादुर केसी र गीता केसीलाई थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । भालुवाङ्गबाट रुकुमका लागि छुटेको ना ५ ख ७२८२ नम्बरको बसले गएराती विपरीत दिसा बाट आइरहेको बा २३ प ५९५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण