बेलायती राजकुमारद्वारा बर्दियाको खौरिया नदीमा जलयात्रा
बर्दिया - नेपाल भ्रमणमा रहनुभएका बेलायतका राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ आज बिहान यहाँ आइपुगेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनको सिलसिलामा राजकुमार ह्यारी यहाँ आइपुगेका हुन् ।
राजकुमार ह्यारी यहाँ आइपुग्नासाथ निकुञ्जको बीच हुँदै बगेको खौरिया नदीमा झन्डै ४० मिनेट जलयात्राको मज्जा लिए । निकुञ्जको गैँडामोचन पोस्टबाट जलयात्रा सुरु भएको थियो । राजकुमार ह्यारीको जलयात्रा बघौरा फाँटमा पुगेर टुङ्गिएको थियो ।
प्रकृति, पर्यावरण, हिमाल र वन्यजन्तुप्रति विशेष चासो राख्नुहुने राजकुमार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनका बेलामा निकुञ्जका विविध पक्षका बारेमा जानकारी लिनेछन् । झन्डै हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा मुख्यतः हात्ती, गैँडा, बाघ र २५० प्रजातिका चराचुरुङ्गी पाइन्छन् ।
विश्ववन्य जन्तु कोषले सो निकुञ्ज संरक्षणका लागि आर्थिक एवम् प्राविधिक सहयोग पु¥याउँदै आएको छ । यहाँका वन्यजन्तु हेर्न हरेक वर्ष करिब दश हजार विदेशी पर्यटक आउने गर्दछन् । आज र भोलि राजकुमार ह्यारीले बर्दिया, लमजुङ, पोखरामा समय बिताउनेछन् । पर्वतीय पदयात्रामा सौखिन राजकुमार ह्यारी लमजुङमा पदयात्रामा जानेछन् । सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन गर्न त्यसतर्फ जानुहुने यहाँस्थित बेलायती दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण