शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

राजतन्त्र फर्कने सपना नदेख्न सुजाताको आग्रह

सोमबार, ०८ चैत २०७२, १० : ५६
सोमबार, ०८ चैत २०७२

मोरङ - नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपालमा राजतन्त्र अब कुनै पनि हालतमा फर्किन नसक्ने भन्दै राजावादीलाई राजतन्त्र फर्कने सपना नदेख्न आग्रह गरेका छन् । जिपी कोइराला फाउन्डेसन विराटनगरमा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दैै नेत्री कोइरालाले राजतन्त्र फर्किने सपना नदेख्न राजावादीलाई अनुरोध गरिन् । सात दशकभन्दा लामो सङ्घर्षपछि प्राप्त भएको उपलब्धिलाई संस्थागन गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा कोइरालाले जोड दिइन् । उनले भनिन्, “अब सबै मिलेर मुलुकको आर्थिक क्रान्तिमा लाग्नुपर्छ ।” युवाशक्तिलाई स्वदेशमै रोजगारी दिलाएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनुपर्नेमा कोइरालाको जोड थियो । दलको सहकार्य बिना संविधानको सफल कार्यान्वयन गर्न गाह्रो पर्ने उनको भनाइ थियो । काँग्रेसले दह्रो प्रतिपक्षकै रुपमा बसेर संविधानको कार्यान्वयनका लागि रचनात्मक भूमिका निर्वाह गर्ने कोइरालाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप