शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बसको ठक्करबाट बालकसहित दुईको मृत्यु

सोमबार, ०८ चैत २०७२, ११ : ०१
सोमबार, ०८ चैत २०७२

दाङ - भालुवाङबाट रुकुमका लागि छुटेको बसले गए राति राप्ती राजमार्गको रानागाउँमा मोटरसाइकललाई ठक्कर दिँदा दाङमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।

त्यस्तै दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यसरी मृत्यु हुनेमा तुलसीपुर–१ रानागाउँ निवासी ६० वर्षीय फुर्सी खत्री र सोही ठाउँका वर्ष ९ वर्षका बालक वरुण थापा रहेको जिल्ला प्रहरी प्रमुख कँुवेर कडायतले जानकारी दिए ।

त्यसैगरी घटनामा परी गम्भीर घाइते मोटरसाइकल चालक रामबहादुर केसी र गीता केसीलाई थप उपचारका लागि कोहलपुर पठाइएको छ ।

भालुवाङबाट रुकुमका लागि छुटेको ना५ख ७२८२ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा२३प ५९५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकमा सवार खत्री र बालकको ज्यान गएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप