ग्लोबल आईएमई र ट्रान्सफास्ट वल्ड वाईड मनी ट्रान्सफरबीच सम्झौता
काठमाडौं – ग्लोबल आईएमई बैंक र ट्रान्सफास्ट वल्ड वाईड मनि ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइतबार सम्पन्न सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली र ट्रान्सफास्ट वल्ड वाईड मनि ट्रान्सफरको तर्फबाट निर्देशक समिर भिदहाटेले हस्ताक्षर गरे । सम्झौता अनुसार अब विश्वका १२० देशहरुमा रहेका ट्रान्सफास्ट वल्ड वाईड मनि ट्रान्सफरका एजेन्टहरु मार्फत विदेशमा रहेका नेपालीहरुले ग्लोबल आइएमई बैंकमा पैसा पठाउन सक्ने छन् । यसरी पठाएको पैसा देशभर रहेका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा तथा बैंकले नियुक्त गरेका व्यसायीक प्रतिनिधिहरु मार्फतबाट तुरुन्त भुक्तानी गर्न सकिने छ । ग्लोबल आइएमई बैंकले युएई, कतार, बहराईन, इण्डिया, अष्ट्रेलिया, जापान, मलेसिया, दक्षिण कोरीया लगायतका मुलुकहरुका बैंक तथा एक्स्चेन्ज हाउसहरु सँगको सहकार्यमा रेमिट्यान्स कारोबारलाई विशेष प्राथमिकतामा राखी सेवा प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण