नौ दशकपछि अमेरिकी राष्ट्रपति क्युबामा (फोटोफिचर)
हभाना – अमेरिकी राष्ट्रपति बाराक ओबामा कम्युनिष्ट नेताहरुसँगको छलफलको लागि क्युबा आइपुगेका छन् । सन् १९५९ को क्रान्तिपछि क्युवाको भ्रमण गर्ने पहिलो बाहालवाला राष्ट्रपति हुन् । हवानास्थित हालै मात्र पुनःसंचालनमा ल्याइएको दुतावसमा बोल्दै उनले यो भ्रमणलाई ‘ऐतिहासिक’ भएको संज्ञा दिएका छन् ।
भ्रमणका क्रममा उनले राष्ट्रपति राउल क्यास्ट्रोसँग भेटवार्ता गर्नेछन् तर अवकास लिएका क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोलाई भने भेट गर्ने छैनन् । दुई नेताबीच ब्यापार र राजनीतिक विषयमा छलफल हुने बताएका छन् । एयरफोर्स वानको विमानमा क्युवा पुगेका ओबामासँग पत्नी मिसेल र दुई छोरी सासा र मालिया रहेका छन् । उनीहरुलाई क्युवाका विदेश मन्त्री ब्रुनु रोड्रिगेजले स्वागत गरेका थिए ।
‘यहाँ आउँदा निकै खुसी लागेको छ,’ दूतावसमा गरिएको सम्बोधनमा ओबामाले भने, ‘सन् १९२८ मा राष्ट्रपति केभिन कुलिजलाई यहाँ आइपुग्न तीन दिन लागेको थियो । मलाई ३ घण्टा मात्र लाग्यो । क्युवामा एयर फोर्स वान विमान ल्याण्ड भएको यो पहिलो पटक हो ।’ उनले यो भ्रमण ‘हाम्रो भविष्यको योजना भूतभन्दा उज्यालो रहेको’ प्रमाणित गर्ने अवसर रहेको समेत बताए । उनले हवानाका बाटोमा स्थानीयसँग भलाकुसारी गर्ने भनिए पनि हावा हुरीका कारण त्यो सम्भव हुन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण