तस्विरमा प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीचको भेटघाट
सोमबार, ०८ चैत २०७२, १६ : ०३
काठमाडौं – मित्र राष्ट्र चीनको भ्रमणमा रहेका सम्माननीय प्रधानमन्त्री र चीनका प्रधानमन्त्री लि खस्याङबीच आज भेटवार्ता भएको छ । उनीहरुबीच नेपाल चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने र नेपालको विकासमा चीनले पु¥याउने सहयोगका विविध पक्षमा छलफल भएको छ ।
आजै द्विपक्षीय वार्ता सम्पन्न भएको छ जसमा नेपाल र चीनबीच विभिन्न विषयमा सम्झौता पनि सम्पन्न भएको छ । वार्ताका क्रममा सम्झौताका साथै पत्राचार पनि भएको छ ।
नेपाल र चीनबीच पारवाहन तथा यातायात सम्झौता, स्वतन्त्र व्यापार सम्झौता, ३२ हजार घरमा सौर्य प्रणाली जडान गर्ने सम्झौता, सुबिधायुक्त ऋण सम्झौता, पोखरा विमानस्थल निर्माणका लागि ऋण सम्झौता, नेपालमा ग्याँस तथा इन्धनको अन्वेषण गर्ने सम्झौता र हिल्सामा पुल निर्माण गर्ने लगायतका सम्झौताहरु भएका छन् ।
त्यसअघि प्रधानमन्त्रीलाई आजै चिनिया सेनाको एक टुकडीले तोप पडकार सलामी अर्पण गर्नुका साथै भव्य स्वागत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण