शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ह्रयारीको र्‍याफ्टिङ (फोटोफिचर)

सोमबार, ०८ चैत २०७२, १२ : २१
सोमबार, ०८ चैत २०७२

बर्दिया – नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ आज बिहान बर्दिया पुगेर राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । बर्दिया पुग्ना साथ ह्यारीले निकुञ्जको बीच हुँदै बगेको खौरिया नदीमा झन्डै ४० मिनेट जलयात्राको मज्जा लिए । निकुञ्जको गैँडामोचन पोस्टबाट जलयात्रा सुरु भएको थियो । राजकुमार ह्यारीको जलयात्रा बघौरा फाँटमा पुगेर टुङ्गिएको थियो ।

प्रकृति, पर्यावरण, हिमाल र वन्यजन्तुप्रति विशेष चासो राख्नुहुने राजकुमार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनका बेलामा निकुञ्जका विविध पक्षका बारेमा जानकारी लिनेछन् । झन्डै हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा मुख्यतः हात्ती, गैँडा, बाघ र २५० प्रजातिका चराचुरुङ्गी पाइन्छन् ।

आज र भोलि राजकुमार ह्यारीले बर्दिया, लमजुङ, पोखरामा समय बिताउनेछन् । पर्वतीय पदयात्रामा सौखिन राजकुमार ह्यारी लमजुङमा पदयात्रामा जानेछन् । सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन गर्न त्यसतर्फ जानुहुने यहाँस्थित बेलायती दूतावासले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप