एमाओवादी सांसद ल्हारक्यालको बयान लिइदै
काठमाडौं – बैंकको लकरमा गोली भेटिएपछि पक्राउ परेका एमाओवादी सांसद् ल्हारक्याल लामालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराइएको छ । अहिले प्रशासन कार्यालयमा उनले बयान दिइरहेका छन् । उनलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान थालेको आज आठ दिन पुगेको छ । प्रमुख जिल्ला अधिकारीले लामालाई पहिले पाँच दिन र दोस्रो पटक तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमती दिएका थिए । आठौं दिनमा प्रहरीले अनुसन्धान प्रक्रिया पुरा भएको फाईल सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ । ‘हामीले फाइल बुझाएका छौं’ महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी विक्रम सिंह थापाले भने, ‘हात हतियार तथा खरखजाना अन्तर्गत प्रमुख जिल्ला अधिकारीले अन्तिम निर्णय लिनुहुन्छ ।’ ल्हारक्याललाई थप हिरासतमा राख्ने, धरौटीमा छाड्ने, साधारण तारेखमा छाड्ने या थुनामा पठाउने अन्तिम निर्णय प्रमुख जिल्ला अधिकारीले गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण