आड्राको परिवार नियोजनसम्बन्धि दुई वर्षीय परियोजना सम्पन्न
काठमाडौं – युएसएडको सहयोगमा द एडभेन्टिस्ट डेभेलप्मेन्ट एण्ड रिलिफ एजेन्सी (आड्रा) अन्तरगत दुई वर्षे टेक्निकल इन्टिग्रेसन फर कभरेज एण्ड एक्सेस (टिआइसिए) परियोजना सम्पन्न भएको छ । परिवार नियोजनसम्बन्धि उक्त परियोजना पाल्पा, रुपन्देही र कपिलवस्तु जिल्लाहरुमा लागु गरिएको थियो ।
उक्त क्षेत्रमा परिवार नियोजनसम्बन्धी माग र पहुँच बढाउने उद्देश्यका साथ परियोजना लागु गरिएको आड्राले जनाएको छ । परियोजना अविधिभर टिआइसिएमार्फत ३,६८२ युवा, ४,१९२ महिलालाई परिवार नियोजन सम्बन्धि तालिम दिइएको थियो । यसबीच ३४ पुरुष समुहहरुलाई पनि तालिम दिइएको थियो । यस दौरान सडक नाटकदेखि मार्केट इन्फरमेसन कर्नरहरु आयोजना गरिएको थियो । त्यस्तै १५ वटा मोबाइल क्याम्पबाट परिवार नियोजन सेवा दिइएको थियो । आड्राका कन्ट्री डाइरेक्टर जोसु ओरेलानाले परियोजना सफलतापूर्वक सम्पन्न भएकोमा आफू उत्साहित बनेको बताए । उनले भने, ‘हामी टिआइसिएले प्राप्त गरेको सफलताबाट खुसी छौं । हामी यसबाट पाठ सिकेर नयाँ परियोजनाहरु निर्माण गर्न र नेपालको स्वास्थ्य क्षेत्रमा सक्रिय भूमिका निभाउन आशावादी छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण