पूर्व राष्ट्रपतिद्वारा स्वर्ण विजेता फुटबल खेलाडीलाई सम्मान
भक्तपुर – पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले खेलाडीहरुलाई आवश्यक पर्ने स्रोत र साधनको व्यवस्था राज्यले गर्न नसक्दा नेपालमा खेल क्षेत्रको विकाशमा समस्या भएको बताएका छन् । भक्तपुर निस्ट स्कुलले बङ्गबन्धु गोल्ड कप तथा १२ औँ साग फुटबलको बिजेता नेपाली राष्ट्रिय टिमका खेलाडीको सम्मान तथा नगद पुरस्कार वितरण कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति यादव भने ‘आवश्यक साधन र स्रोत विना खेल क्षेत्रको प्रगतिहुन सक्दैन त्यसको लागि राज्यले व्यवस्था गर्नु पर्दछ’ । नेपालमा सामाजिक सद्भाव बिग्रीएको समयमा समेत पूर्वको राजवंशी, हिमालको शेर्पा र पश्चिमको थारु लगायत सबै जातिको सहभागिता भएको नेपाली टिमले नै बङ्गबन्धु गोल्ड कप तथा १२ औ साग फुटबलको बिजेता बनेको उनले खुसी व्यक्त गरेका छन् । यस्तो अवस्थामा समेत मुलुकको साख जोगाउने खेलाडीहरुको उचित सम्मान हुन सकेमा मात्र खेल क्षेत्रमा नेपालले धेरै प्रगति गर्ने समेत पूर्व राष्ट्रपति यादवले बताए । अखिल नेपाल फुटबल संघका कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठले खेल खेलाडीको उचित विकास र सम्मानको लागि एन्फा सधै तयार रहेको बताए । उक्त कार्यक्रममा नेपाली राष्ट्रिय टिमका खेलाडीहरु, प्रशिक्षकहरु, मेनेजर र चिकित्सकलाईको जनही १० हजार नगद सहित सम्मान गरीएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण